back

न्याय सम्पादनमा हस्तक्षेप नगर्न महान्यायाधिवक्ता खरेलको आग्रह

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

525 

shares

 

१५ कात्तिक, नुवाकोट । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले न्यायिक प्रक्रियाअनुसार नै न्याय सम्पादन हुने भएकाले कहीँ कतैबाट हस्तक्षेप नगर्न आग्रह गरेका छन् ।

विदुरमा आज जिल्ला सरकारी वकिल कार्यालय भवनको उद्घाटनपछि महान्यायाधिवक्ता खरेलले न्यायिक प्रक्रियाहरुमा हुने राजनीतिकलगायत अन्य हस्तक्षेपतर्फ सङ्केत गर्दै स्वच्छरुपमा न्यायसम्पादनका लागि जिल्लाका सबै सरोकारवाहरुको साथ चाहिने बताए । “न्याय सम्पादनका लागि सबैले उपयुक्त वातावरण बनाउन सहयोग गर्नुहोला, सहयोग गर्न सक्नु भएन भने पनि हस्तक्षेप चाहिँ नगर्नु होला”, महान्यायाधिवक्ता खरेलले भन्नुभयो, “न्याय सम्पादनका क्रममा कोही पक्राउ पनि पर्न सक्छन्, त्यो न्यायिक प्रक्रियामार्फत हुन्छ । धेरै दौडधुप नगर्नु होला । दौडधुपले केही हुन्न । न्याय सम्पादन आफ्नै ढङ्गले हुन्छ ।”

महान्यायाधिवक्ता खरेलले नयाँ भवन निर्माणपछि न्याय सम्पादन सहज हुने बताए । “भवन जत्तिकै आन्तरिक क्रियाकलाप पनि स्वच्छ भए मात्र न्याय सम्पादन छरितो हुन्छ”, उनले भने ।

मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपाने उपाध्यायले न्यायको पहुँचभन्दा बाहिर रहेकालाई न्यायिक पहँुचमा प्रवेश गराई न्याय सम्पादन गर्ने कार्य चुनौतीपूर्ण रहेको बताए । सांसद नारायणप्रसाद खतिवडाले जिल्लाका न्यायिक निकायहरुबाट स्वच्छ र निपष्क्ष न्याय सम्पादनको अपेक्षा गरेको बताए । सांसद हितबहादुर तामाङले न्यायसम्पादनका लागि आफ्नो तर्फबाट आवश्यक सहयोग र हातेमालो गर्न तयार रहेको बताए ।

वैशाख १२ को भूकम्पले सरकारी वकिलको कार्यालय भत्काएपछि रु दुई करोड ३६ लाख ९५ लाख ६६१ मा साँढे दुईतले भवन निर्माण भएको जिल्ला न्यायाधिवक्ता बिमल थापाले जानकारी दिए । भवन भूकम्पले भत्काएपछि भाडाको घरमा कार्यालय सञ्चालन हुँदै आएको थियो । अब आवश्यक फर्निचरको व्यवस्थापनपछि नयाँ भवनबाट सेवा आरम्भ गरिने न्यायाधिवक्ता थापाले बताए ।

 

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १३:५६ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...