back
CTIZAN AD

१४७ जनामा सिकलसेल एनिमिया देखियो

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

576 

shares

१५ कात्तिक्, लमही । दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ ।

जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४÷०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए ।

ती बिरामीलाई अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिशका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रु एक लाख बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आइएको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कागजसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले रु एक लाखको निःशुल्क उपचारका लागि सिफारिश गर्ने योगीले जानकारी दिए ।

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगी यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट कुन्दन ठाकुरले जानकारी दिनुभयो । यस रोगबाट धेरै थारू समुदाय पीडित भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको बताइएको छ ।

विसं २०६८ को जनगणनानुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास छ । थारूको जम्मा सङ्ख्यामध्ये दाङमा १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो । वंशानुगत रुपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष जीवराज चौधरीले बताए ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १७:५९ मा प्रकाशित

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

खाद्यवस्तु र मरमसलाको मूल्यवृद्धि घट्यो

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आज सार्वजनिक गरेको देशको वर्तमान...

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

एक सय बुँदामा समेटिएको नीति तथा कार्यक्रममा यस्ता छन् सरकारका प्राथमिकता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का संयुक्त बैठकमा सरकारको...

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

प्रतिनिधिसभा : सम्बोधनका लागि राष्ट्रपतिप्रति धन्यवाद प्रस्ताव पारित

काठमाडौँ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकमा सङ्घीय संसद्को दुवै सदनको...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

‘डिजिटल’ ठगी नियन्त्रणका लागि विशेष अनुसन्धान इकाइ स्थापना गरिने

काठमाडौँ । सरकारले साइबर सुरक्षा, वित्तीय अपराध र डिजिटल ठगी...