back

१४७ जनामा सिकलसेल एनिमिया देखियो

वि.सं.२०७५ कात्तिक १५ बिहीवार

279 

shares
GLOBAL IME AD
NTC AD

१५ कात्तिक्, लमही । दाङका १४७ जनामा सिकलसेल एनिमिया देखापरेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कानुसार ८१ पुरुष र ६६ महिलामा सिकलसेल एनिमिया देखिएको छ ।

जिल्लामा आव २०७३÷०७४ देखि सिकलसेल एनिमियाको तथ्याङ्क राख्न थालिएको हो । सोअनुसार आव २०७३÷०७४ मा ४६ पुरुष र २८ महिला, २०७४÷०७५ मा ३३ पुरुष र ३६ महिला र चालू आर्थिक वर्षको अहिलेसम्म दुई पुरुष र दुई महिलामा सिकलसेल एनिमिया देखिएको जिल्ला जनस्वास्थ्य कार्यालयका निमित्त प्रमुख प्रकाशकुमार योगीले बताए ।

ती बिरामीलाई अहिले जिल्ला जनस्वास्थ्य कार्यालयको सिफारिशका आधारमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट रु एक लाख बराबरको निःशुल्क औषधिसमेत उपलब्ध गराउँदै आइएको छ । अस्पतालले सिकलसेल एनिमिया भएको भनी प्रमाणित गरेको कागजसहित जनस्वास्थ्य कार्यालयमा आएमा कार्यालयले रु एक लाखको निःशुल्क उपचारका लागि सिफारिश गर्ने योगीले जानकारी दिए ।

थारू समुदायमा लाग्ने यो रोगबाट धेरै पीडित भएको हुन सक्ने भए पनि सबैको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था नहुँदा रोगी यकिन हुन नसकेको जिल्ला जनस्वास्थ्य कार्यालयका हेल्थ असिष्टेण्ट कुन्दन ठाकुरले जानकारी दिनुभयो । यस रोगबाट धेरै थारू समुदाय पीडित भए पनि धेरै व्यक्तिले स्वास्थ्य नै परीक्षण नगराएको बताइएको छ ।

विसं २०६८ को जनगणनानुसार दाङमा एक लाख ६३ हजार ३३४ थारू समुदायको बसोबास छ । थारूको जम्मा सङ्ख्यामध्ये दाङमा १५ प्रतिशतमा सिकलसेल एनिमिया भएको हुन सक्ने एक वर्षअघि विशेषज्ञ डा राजन पाण्डेले गरेको अध्ययनले देखाएको थियो । वंशानुगत रुपमा लाग्ने यस रोगलाई न्यूनीकरण गर्नका लागि सबै थारू समुदायको रगत परीक्षण गर्न सरकारले सहयोग गर्नुपर्ने थारू स्वास्थ्यकर्मी सङ्घका अध्यक्ष जीवराज चौधरीले बताए ।

वि.सं.२०७५ कात्तिक १५ बिहीवार १७:५९ मा प्रकाशित

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

पेट्रोलियम पदार्थको आयात पाइपलाइनबाट सुरु

बागमती । भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनबाट नियमित आयात...

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

वन र निकुञ्ज क्षेत्रमा हुने डढेलो नियन्त्रणका लागि चनाखो बन्न आग्रह

चितवन । गर्मी समय सुरू भएसँगै निकुञ्ज र वन क्षेत्रमा...

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...