
भारि सपनाहरुले निदाउन दिदैनन्
बिपनाहरुले सुत्न दिदैनन्,
रात ढलेर बिहानको बिन्दु सुरुभो
योजनाका पहाडहरुले अझै बिश्राम दिदैनन् ।
कहिले बिगतका लागि बधाई
कहिले भबिष्यको शुभकामना
जीवनमा उपहार पनि थरिथरिका
सद्भावका तौलहरुले आराम दिदैनन्
बधाई, सुभकामना र सद्भावको पैरो मुनि
बिपनाहरु फेरी अधुरा जन्मन्छन्
सपनाहरु फेरी अपुरा ब्युझन्छन्
घृणा र तिरस्कारका मिसाइलले घाइते बर्तमान
जिम्मेवारीको भारि बोकेर फेरी जुरुक्क उठ्छ
र , लमक–लमक दौडन्छ
अथवा, जिन्दगी नामको उपग्रह
फिरफिरे बनाएर फेरी लखेटिञ्छ ।
ए ! जिन्दगी
कहिले काही तिमि आधारात चम्कन्छौ
आफुलाई चन्द्रमा सम्झी
फेरी पूरै रात निदाउन बिर्सन्छौ
झिसमिसे पछिको उज्यालोमा पनि
आफ्नो अनुहार अध्यारो देखेपछि
चन्द्रमा झैँ फेरी कुलेलम ठोक्छौ
आकाश गंगाको कुन अध्यारो कुनामा ?
ए जीवन !
फेरि तिमि सुन्दर उपहार हौ
त्यो जीवनको लागि यो जीवन
यो जीवनको लागि त्यो जीवन
पृथ्बीको लागि चन्द्रमा जस्तै
चन्द्रमाका लागि पृथ्बी जस्तै
पृथ्बी कहिले देखि नब्युझेको होला ?
चन्द्रमा कहिले देखि नसुतेको होला ?
म सपनाबाट नब्युझे जस्तै
मलाइ सपनाले निदाउन नदिए जस्तै ।
पृथ्बी र चन्द्रमा
एकले अर्कालाई हेर्दाहेर्दै
सायद यीनले निदाउन बिर्से
सपना र बिपना
एकले अर्कोलाइ पर्खिदा पर्खिदै
सायद यिनले ब्युझिन बिर्से ।
सपनाहरुले निदाउन दिदैनन्
बिपनाहरुले ब्युझन दिदैनन्
रात ढलेर बिहानको बिन्दु सुरुभो
कल्पनाका पर्बतहरुले अझै बिश्राम दिदैनन् ।
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०६:४६ मा प्रकाशित