१६ कात्तिक, काठमाडौं । पछिल्लो तीन महिनामा मुलुकमा आठ करोडको तास आयात भएको छ । तास खेल्ने पर्व तिहार नजिकिदै गर्दा यसको आयात ५२ लाख प्याकेट भन्दा धेरै भएको छ । यो तथ्यांक गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४६.७६ प्रतिशत धेरै छ ।
भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८ करोड ६ लाख ५४ हजार रुपैयाँ बराबरको ५१ लाख ९३ हजार ८ सय प्याकेट तास आयात भएको छ । सबैभन्दा धेरै तास असोजमा भित्रिएको पनि आजको नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक १६ शुक्रवार ०८:११ मा प्रकाशित