back

चीनद्वारा अमेरिकालाई चोरीबारे तथ्य दिन चुनौती

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार

267 

shares

यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ– चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङ

१६ कात्तिक, बेइजिङ (रासस/एएफपी) । चिनियाँ तथा ताइवानी कम्पनीहरूले अमेरिकी प्रबिधिको चोरी गरेको भनी वासिङ्टनले लगाएको आरोपलाई पुष्टि गर्न ‘तथ्य’ देखाउन बेइजिङले शुक्रबार संयुक्त राज्य अमेरिकालाई चुनौति दिएको छ ।

अमेरिकी महान्यायाधिवक्ता जेफ सेसन्सले चिनियाँ कम्पनीहरूले अमेरिकी कम्पनीहरूसँगको व्यापारिक सहकार्यमा अनुमानित आठ अर्ब ७५ करोड अमेरिकी डलर बराबरको प्रबिधि चोरी गरेको आरोप लगाएका थिए ।

बिहीबार अमेरिकी न्यायिक विभागले चिनियाँ राज्य सञ्चालित फुजियन जिन्ह्वा इन्टिग्रेटेड सर्किट कम्पनी तथा ताइवानी यूनाइटेड माइक्रो इलेक्ट्रोनिक्स कर्पोरेसन (यूएमसी)सहित यूएमसीका तीन कर्मचारीविरूद्ध प्रबिधि चोरीसम्बन्धी फौजदारी आरोप लगाएको बताएको थियो ।
विभागले अमेरिकी माइक्रोन कम्पनीको साना पार्टपूर्जाका पछिल्ला नमूनाहरूलाई फुजियान जिन्ह्वा कम्पनीले कपी गरी विश्व कम्प्युटर बजारमा कम्प्युटरका पाटपूर्जाको प्रमुख आपूर्तिकर्ता बनेको दावी गरेको थियो ।

यदि अमेरिकी पक्ष प्रबिधि चोरी भएकोप्रति साँच्चै चिन्तित हो भने उनीहरूले स्पष्ट उदाहरण दिनुपर्छ जसले तथ्य र वास्तविकताको उजागर गर्नेछ, चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लु काङले सञ्चारकर्मीलाई नियमित जानकारीका क्रममा बताए ।

अमेरिकाले चीनमाथि पछिल्ला केही दिन यता चीनले अमेरिकी प्रबिधि चोरेर आफ्नो अर्थतन्त्रलाई सबल पारेको बताउँदै आएको छ ।
सेसनले भने, “यी गतिविधि गैरकानूनी हुन् । प्रबिधिको चोरी गरिनु गलत हो । यो अमेरिकी राष्ट्रिय सुरक्षा तथा अर्थतन्त्रका लागिसमेत खतरा हो । यो रोकिनुपर्छ ।”

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी प्राबिधिक जानकारीबारे चीनमाथि लगाइएको चोरी आरोपलाई उद्धृत गरी आफ्ना एसियाली सहकर्मीलाई केही समय पहिले बताएका थिए ।

तर बिहीबार दुई देशका नेताबीच ब्यापार र अन्य बिषयमा टेलिफोन वार्ता भएको थियो । वार्तापछि ट्रम्पले वार्ता एकदम सकारात्मक रहेको ट्वीटरमार्फत जानकारी गराएका थिए ।

चिनियाँ राष्ट्रपति सीले पनि कुराकानीपछि आफु धेरै खुशी बनेको र यस बिषयमा यस महिनाको अन्त्यमा अर्जेन्टिनाको ब्युनर्स आयर्समा हुने जी–ट्वान्टी सम्मेलनमा थप छलफल हुने बताएका थिए ।

वि.सं.२०७५ कात्तिक १६ शुक्रवार २०:०५ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग...

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ...

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा...

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली...

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

वासिङ्टन । कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब...

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लस एन्जेल्स। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा...