
१७ कार्तिक । सर्लाही जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं २ का जननिर्वाचित वडाअध्यक्ष सञ्जय साहले कार्यालयमा पानी पिएको निहुम दलित युवा अजय राम भाषि प्रति भएको दुव्यवहारको दलित एकता सञ्जाल नेपाल अन्तर्राष्ट्रिय समन्वय समितिले भत्सर्ना गरेको छ ।
संयोजक सरु सुनार र महासचिव याम रसाइली विश्वकर्माद्वारा संयुक्त रुपमा जारी प्रेस विज्ञप्तिमा सार्वजनिक स्थलमा पानी पिएको निहुँमा जननिर्वाचित प्रतिनिधिद्वारा गालिगलौज साथै दुव्र्यवहार र कुटपिट हुन, र न्यायका निम्ति प्रशासन गुहार्दा केश समेत दर्ता नहुनुले लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाइरहेको उल्लेख छ ।
घटनालाई गम्भिरतासाथ लिइएको बताउँदै उक्त घटनाले सिंगो दलित समुदायमाथि प्रहार भएको अनभूति भएको जनाइएको छ । विज्ञप्तीमा “घटनामा पिडितलाई यथाशिघ्र क्षतिपूर्तिसहित समूचित न्याय र पिडकलाई नेपालको संविधानअनुरुप कडा कारवाही गर्न जोडदार माग गर्दछौँ” भनिएको छ ।
वि.सं.२०७५ कात्तिक १७ शनिवार ०८:२८ मा प्रकाशित