back

पहिलो पल्ट अन्तर्राष्टिय प्रतियोगितामा नेत्रहीन महिला क्रिकेट टोली

वि.सं.२०७५ कात्तिक १८ आइतवार

537 

shares

१८ कात्तिक, चिप्लेढुङ्गा । नेत्रहीन क्रिकेट सङ्घ नेपालको महिला टोली पहिलो पल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने भएको छ । आगामी जनवरी २६ देखि फेब्रुअरी ४ सम्म पाकिस्तानमा हुनगइरहेको अन्तर्राष्ट्रिय नेत्रहीन महिला क्रिकेट प्रतियोगिता नेपालका दृष्टिविहीन महिला क्रिकेटर सहभागी हुने भएको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला छनोट भएका छन् ।

प्रतियोगितामा सहभागिताका लागि कात्तिक १३ देखि १५ सम्म काठमाडौँमा छनोट प्रतियोगिताको आयोजना गरिएको थियो । वरिष्ठ क्रिकेट प्रशिक्षकद्वय अरुण अर्यालको संयोजकत्वमा, सुनोज भट्टराई र नेत्रहीन क्रिकेट अम्पायरद्वय नहेन्द्र निरौला र गीता रेग्मीको छनोट समितिले १५ जना खेलाडी छनोट गरेको हो । सो प्रतियोगिताका लागि नेपालबाट १५ जना दृष्टिविहीन महिला त्रिकेटरको सहभागी हुन लागेको कार्यक्रम संयोजक निरोज गिरीले जानकारी दिए ।

छनोट भएका खेलाडीमा आशा रेग्मी, रीता थापा, हीता गुरुङ, मुना अर्याल, सुष्मा तामाङ, सरिता घिमिरे, आयुष्मा क्षेत्री, भगवती अमगाई, मनकेशी चौधरी, विमला राई, मीना क्षेत्री, आशिका चौधरी, विनिता पुन, भगवती भट्टराई, गीता पौडेल रहेका छन् ।

विश्वमा नेत्रहीन महिला क्रिकेटको सुरुवात गर्ने नेपाल पहिलो देश हो । सन् २००६ देखि नै नेपालमा नेत्रहीन महिलाको क्रिकेट सुरुवात भएको थियो । सन् २०१४ मा पहिलो पल्ट नेपालमा आयोजना भएको प्रतियोगितामा नेपालले युकेको टोलीलाई पराजित गरेको थियो ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार १०:३२ मा प्रकाशित

Himalayan Life AD
युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै...

यस्तो छ रासायनिक मल आयातको अवस्था

यस्तो छ रासायनिक मल आयातको अवस्था

काठमाडौँ । सरकारले हालसम्म चार लाख ६५ हजार मेट्रिक टन...

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

निर्वाचन आउन ८८ दिन बाँकी: समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति आउन अब ८८ दिन...

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

बर्दियाकी युवतीको मृत्युको घटनाबारे अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ।प्रधानमन्त्री सुशीला कार्कीले बर्दियामा नागरिकता नपाउँदा एक युवतीले ज्यान गुमाएको...

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

धादिङमा सातवटा सवारी साधन ठोक्किर भएको दुर्घटनामा ३५ जना घाइते

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको...

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

यस्तो छ निर्वाचन आयोगले राजनीतिक दललाई दिएको २० बुँदे निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय...