back

जनमत सङ्ग्रह परिणाम : न्यू क्यालेडोनिया फ्रान्सकै भाग रहने पक्षमा

वि.सं.२०७५ कात्तिक १८ आइतवार

276 

shares
GLOBAL IME AD
NTC AD

१८ कात्तिक, पेरिस, फ्रान्स ।  न्यू क्यालेडोनिया फ्रान्समा रहने वा टुक्रिएर स्वतन्त्र बन्ने भन्ने बिषयमा भएको जनमत सङ्ग्रहको परिणाम एकिकृत फ्रान्सको पक्षमा आएको छ ।
मुख्य भूभागबाट करिब १८ हजार किलोमिटर टाढा रहेको उक्त क्षेत्र फ्रान्सबाट छुट्टिन हुन्न भन्ने पक्षमा जनमतसङ्ग्रमा ५६.४ प्रतिशत जनताले मतदान गरेका थिए । उक्त भूमि एक लाख ७५ हजार जनताको बसोबास रहेको फ्रान्सेली भूमि हो । उक्त क्षेत्रमा पछिल्लो समय चीनको बढ्दो प्रभाब रहेको थियो ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले मत परिणाम सार्वजनिक भए लगत्तै क्यालेडोनिया क्षेत्रका जनतालाई फ्रान्सको एकताको पक्षमा मतदान गरेकोमा मतदाताहरूलाई धन्यवाद ज्ञापन गरेका छन् ।

म्याक्रोँले भने, जनमतसङ्ग्रहबाट फ्रान्सको प्यासिफिक क्षेत्रको न्यू क्यालेडोनिया फ्रान्सकै भूभाग रहनेगरी निर्णय आएको छ । यसबाट हामी सबैलाई ठूलो गौरब भएको छ । यो ऐतिहासिक कदमलाई शान्तिपूर्वक सँगसँगै सफल पारेकोमा राष्ट्रप्रमुखका रूपमा सबैलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु ।
निर्वाचन परिणामपछि राष्ट्रका नाममा गरेको सम्बोधनमा उनले भने बहुमत क्यालेडोनियालीले फ्रान्स नै रोजेका छन् उनीहरूको नेता बन्न पाउँदा मलाई खुशी लागेको छ । यो गणतन्त्र फ्रान्सको भविष्य र महत्वबारे विश्वासको सङ्केत हो ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार २२:०६ मा प्रकाशित

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

सम्बन्धलाई थप प्रगाढ बनाउनका लागि चीनले अमेरिकासँग सहकार्य गर्न तयार : चिनियाँ उपराष्ट्रपति

वासिङ्टन । चीनका उपराष्ट्रपति हान झेङले चीन र अमेरिकाबीचको द्विपक्षीय...

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

बन्धकको सूची ‘कुनै पनि क्षण’ दिइनेछ : हमास

कायरो । प्यालेष्टिनी इस्लामी समूह (हमास)ले युद्धविराम सम्झौता अनुसार पहिलो...

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

दक्षिण कोरियाका राष्ट्रपति युन हिरासतका विषयमा भएको सुनुवाईमा सहभागी

सियोल । दक्षिण कोरियाका राष्ट्रपति युन सुक योललाई थप २०...

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

सपिङ मलमा आगलागी हुँदा सात जनाको मृत्यु भएको आशङ्का

जकार्ता । इन्डोनेसियाको जाकार्ता शहरको एक सपिङ मलमा बुधबार साँझ...

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

म्यान्माको खानीमा पहिरो जाँदा ३२ जनाको मृत्यु

  याङ्गुन । उत्तरी म्यानमारको कचिन राज्यमा एक जेड खानीमा...

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

बलिउड अभिनेता खान छुरा प्रहारबाट घाइते

मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा...