back

ट्रकले रोकेर राखेका कारलाई ठक्कर दिँदा १५ को मृत्यु, ४४ घाइते

वि.सं.२०७५ कात्तिक १८ आइतवार

288 

shares

१८ कात्तिक, बेइजिङ, चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा शनिबार राति अनियन्त्रित गतिमा सडकमा गुडिरहेको ट्रकले लाइनमा रोकेर राखेका कारहरूलाई ठक्कर दिँदा कम्तीमा १५ जनाको मृत्यु भएको लानझाओ शहरका अधिकारीलाई उद्धृत गरी राज्य सञ्चालित समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
अधिकारीले आइतबार दिएको जानकारी अनुसार घाइतमध्ये १० जनालाई शरिरका विभिन्न भागमा गहिरो चोट लागेको र उनीहरूको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । घटनामा ४४ जना घाइते भएका छन् भने उनीहरू सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
ट्रकका चालक लि फेङलाई प्रहरी नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।
चिनियाँ टेलिभिजन सीसीटिभीले घटनास्थलबाट लिएको श्रव्यदृष्यमा हिउँ जमेको स्थानमा केही कारहरू पेलिएर काम नलाग्ने अवस्थामा रहेको देखाइएको छ ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार २२:०७ मा प्रकाशित

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

चिनियाँ विदेशमन्त्री वाङद्वारा सिरियाबारे ‘गहिरो चिन्ता’ व्यक्त

बेइजिङ । बेइजिङका उच्च कूटनीतिज्ञ वाङ यीले आफ्ना इजिप्टका समकक्षीसँग...

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

भारतको अस्पतालमा आगलागी, छ जनाको मृत्यु

नयाँदिल्ली। दक्षिणी भारतको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ...

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

राहदानी वितरण गर्न फ्रान्स दूतावासको टोली पोर्चुगलमा

लिस्बन (पोर्चुगल) । नेपाली दूतावास फ्रान्सको टोलीले हिजो बिहीबारदेखि पोर्चुगलमा...

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

इजरायलको बिहानको आक्रमणमा ३३ जनाको मृत्यु

गाजा पट्टी (प्यालेस्टिनी क्षेत्र)। गाजाको नागरिक सुरक्षा एजेन्सीले बिहीबार इजरायली...

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

बाइडेनद्वारा करिब १५०० अपराधीलाई क्षमादान

वासिङ्टन । कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब...

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

अमेरिकी सैन्य अखडामा ड्रोन उडाएको आरोपमा चिनियाँ नागरिक पक्राउ

लस एन्जेल्स। क्यालिफोर्नियास्थित भान्डेनबर्ग स्पेस फोर्स बेसमाथि ड्रोन उडाएको आरोपमा...