back

तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति– उपराष्ट्रपति

वि.सं.२०७५ कात्तिक १८ आइतवार

321 

shares
GLOBAL IME AD
NTC AD

१८ कात्तिकम, काठमाडौँ, रासस उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आज दिउँसो निधन हुनुभएका पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । आज साँझ लाजिम्पाटस्थित निवासमा पुगेर उपराष्ट्रपतिले स्व तुलाधारको पार्थिव शरीरमाथि श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

उपराष्ट्रपतिले तुलाधरका परिवारजनमा गहिरो समवेदना व्यक्तसमेत गरे । “मैले उहाँलाई अस्पतालमा गएर भेटेको थिएँ, आज यस्तो होला भन्ने कल्पना पनि गरेको थिएन । पूर्वमन्त्री एवं वरिष्ठ मानव अधिकारवादी नेता, नागरिक समाजका अगुवा, नेपालको शान्ति प्रक्रियाको पहलकर्ता आदरणीय पद्मरत्नज्यूको निधनले म स्तब्ध भएको छु”, उपराष्ट्रपतिले परिवारजनसँग भने ।

उपराष्ट्रपतिले तुलाधरको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको भन्दै नेपालको परिवर्तनकारी आन्दोलन, विशेषगरी पञ्चायतवि?द्धको सङ्घर्ष, २०६२÷६३ को जनआन्दोलन र नेपालको शान्ति प्रक्रियाका लागि उनले पु¥याएको योगदान सगरमाथा जस्तो उच्च रहेको बताए । उपराष्ट्रपतिले पद्मरत्नको भौतिक?पमा निधन भए पनि सधैँका लागि बाँचिरहने बताउनुभयो । “मानिस जन्मनु र मर्नु प्राकृतिक नियम हो । तर जसले समाज र राष्ट्रका लागि योगदान दिन्छ ऊ अमर रहन्छ”, उनले भने ।

वि.सं.२०७५ कात्तिक १८ आइतवार २२:३१ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...