१९ कात्तिक, काठमाडौं । माडौँ । त्रभुवन विश्वविद्यालयको आउँदो पुसमा हुने ४४औँ दीक्षान्त समारोहमा १० हजार विद्यार्थी सहभागी हुने भएका छन् ।
अनलाइन फाराम भर्ने सुविधा दिइएपछि यस वर्ष दीक्षान्तमा सहभागी हुने विद्यार्थीको सङ्ख्या बढेको त्रिविले जनाएको छ । परीक्षा नियन्त्रक पुष्पराज जोशीले बिहिबारसम्म म्याद दिइएकामा सोही दिन दिउँसोसम्म नौ हजार ९२० ले अनलाइन फाराम भरेको जानकारी दिएका छन् ।
यस वर्ष ७३ हजार ९०१ विद्यार्थी दीक्षान्तयोग्य छन् । स्नातकमा ५४ हजार ७९४ र स्नातकोत्तरमा १८ हजार ८७९ विद्यार्थी छन् । त्यस्तै एमफिलतर्फ १५६ र पिएचडीका ७२ हजार विद्यार्थी समारोहमा सहभागी हुने त्रिविले जनाएको छ ।
वि.सं.२०७५ कात्तिक १९ सोमवार ०६:३१ मा प्रकाशित