back

माथिल्लो तामाकोशीको शेयरमा चार अर्बको आवेदन

वि.सं.२०७५ कात्तिक १९ सोमवार

285 

shares
GLOBAL IME AD
NTC AD

१९ कात्तिक, काठमाडौँ । निजी क्षेत्रका जलविद्युत् कम्पनीको साधारण शेयर बिक्न समस्या परिरहेका बेला माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा नागरिकको उल्लेख्य सहभागिता भएको छ । यही कात्तिक १५ गते बिहीबारदेखि बिक्री शुरु भएको सो कम्पनीको साधारण शेयरमा आज साँझसम्म करीब रु चार अर्ब बराबरको आवेदन परेको छ ।

माथिल्लो तामाकोशी आयोजनाका प्रवक्ता डा गणेश न्यौपानेका अनुसार आज साँझसम्म दुई लाख छ हजार ९९१ जनाले रु तीन अर्ब ९९ करोड ७१ लाख बराबरको आवेदन दिएका छन् । कम्पनीले रु एक अर्ब ५८ करोड बराबरको साधारण शेयर बिक्री गरेको हो ।

कम्पनीले सोमबारसम्म आवेदन दिने म्याद तोकेको छ । शेयर बिक्री प्रबन्धकमा नागरिक लगानी कोष र सनराइज क्यापिटल रहेका छन् । कम्पनीले दोलखाको लामाबगरमा ४५६ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको कूल भौतिक प्रगति ९७ प्रतिशत रहेको छ । “नागरिकको उल्लेख्य सहभागिताले आफूहरुलाई उत्साहित बनाएको र सरकारी स्वामित्वका कम्पनी वा संस्थाप्रति विश्वास रहेकोसमेत पुष्टि भएको छ”, प्रवक्ता डा न्यौपानेले भने ।

सोमबारसम्म थप रु एक अर्बदेखि डेढ अर्बसम्मको आवेदन पर्नसक्ने सम्भावना रहेको उनको भनाइ छ । कम्पनीले निकट भविष्यमा नै रोलवालिङ जलविद्युत् आयोजना निर्माण गर्ने तयारी गरेको छ ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार ०६:३७ मा प्रकाशित

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

झापाका किसानले बेचे समर्थन मूल्यभन्दा बढीमा धान

भद्रपुर (झापा) । यस वर्ष झापाका धान उत्पादक किसानले सरकारले...

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

सहकारीले कफी किनेपछि तनहुँका कृषक उत्साहित

दमौली (तनहुँ) । तनहुँको शुक्लागण्डकी नगरपालिकाका विभिन्न ठाउँमा उत्पादित कफी...

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको...

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

नेपाल र पाकिस्तानबीच आर्थिक क्षेत्रमा सहकार्य बढाउन आवश्यक

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र...

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

गरिमा विकास बैंकको डेविट तथा क्रेडिट कार्डबाट सिधै भुक्तानी हुने

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडको डेविट र क्रेडिट कार्ड...

किसानलाई कृषि औजार वितरण

किसानलाई कृषि औजार वितरण

जुम्ला । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कार्यान्वयन एकाइ जुम्लाले यहाँका...