back

सोमबार धन्वन्तरि जयन्ती, धनतेरस

वि.सं.२०७५ कात्तिक १९ सोमवार

279 

shares
GLOBAL IME AD
NTC AD

१९ कात्तिक, काठमाडौँ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा आज देशभर विविध कार्यक्रम गरी धन्वन्तरि जयन्ती मनाइँदैछ ।

देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरिको उत्पत्ति भएको चर्चा वैदिक हिन्दू शास्त्रमा गरिएको छ ।

आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरि जयन्ती मनाउन थालिएको थियो । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसका रुपमा सञ्चालित आयुर्वेद क्याम्पस हाल कीर्तिपुरमा सरेको छ ।

आयुर्वेद क्षेत्रका व्यक्तिको पहलमा विसं २०५६ देखि धन्वन्तरि जयन्तीको दिनलाई आरोग्य दिवसका रुपमा पनि मनाउन थालिएको छ । हातमा वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रुपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

धन्वन्तरि जयन्तीका अवसरमा आज सिंहदरबार वैद्यखाना, आयुर्वेद अस्पताल नरदेवी, आयुर्वेद क्याम्पस कीर्तिपुर, नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद क्याम्पस दाड, जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड कोटेश्वर र निजी क्षेत्रबाट खुलेका आयुर्वेद अस्पतालमा समेत विविध कार्यक्रम गरी मनाउने गरिन्छ ।

धनतेरस

कात्तिक कृष्ण त्रयोदशीका दिन आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा पूजाआजा गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने धार्मिक विश्वास छ । धनतेरससमेत भनिने आजका दिन सुन चाँदीको गहना किनेर ल्याउने प्रचलन छ ।

यमपञ्चकको पहिलो दिन सोमबार साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान गरिन्छ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई बताए ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार ०६:५२ मा प्रकाशित

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

कार्यसम्पादनमा कालीगण्डकी प्रदेशकै पहिलो हुँदा आँधीखोला दोस्रो

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिका कार्यसम्पादन मूल्याङ्कनको आधारमा गण्डकी प्रदेशमै...

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

बन्दीपुरमा पछिल्लो तीन महिनामा १० हजारभन्दा बढी विदेशी पर्यटक

तनहुँ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो...

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

स्वाइन फिभर रोगले १६ बङ्गुर मरे

तनहुँ । अफ्रिकन स्वाइन फिभर रोगबाट तनहुँमा बङ्गुर मर्न थालेका...

आज प्रेमिल जोडी रानीमहल पुग्दै

आज प्रेमिल जोडी रानीमहल पुग्दै

पाल्पा । आज ‘भ्यालेन्टाइन डे’ अर्थात् प्रणय दिवस नेपालसहित विश्वभर...

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

नेपालमा दोस्रोपटक कृष्णवक्ष चाँचर चराको अभिलेख

गण्डकी । नेपालमा कृष्णवक्ष चाँचर चराको दोस्रो पटक अभिलेख गरिएको...

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज...