back

श्रीलंकाली संसदको बैठक नोभेम्बर १४ मा– राष्ट्रपति सिरिसेना

वि.सं.२०७५ कात्तिक १९ सोमवार

300 

shares
GLOBAL IME AD
NTC AD

१९ कात्तिक, कोलम्बो । श्रीलंकाका राष्ट्रपति मैथ्रीपाला सिरिसेनाले संसदको बैठक नोभेम्बर १४ का दिन बोलाइने घोषणा गरेको छ । बढ्दो राजनीतिक सङ्कटलाई समाप्त गर्न सांसदहरुले माग गरिरहेका बेला राष्ट्रपतिले यस्तो घोषणा गरेको हो ।

स्रोतका अनुसार पदच्यूत गरिएका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको युनाइटेड नेसनल पार्टी (युएनपी) का समर्थकहरुले राष्ट्रपतिको निर्णयप्रति पनि आक्रोश व्यक्त गरेका छन । युएनपी समर्थकहरुले अन्तर्राष्ट्रिय र स्थानीय दबाब बढ्दै गएपछि बाध्य भएर संसदको बैठक बोलाएको दाबी गरेका छन ।

श्रीलंकामा राष्ट्रपति सिरिसेनाले अक्टोबर २७ मा नोभेम्बर १६ सम्मका लागि संसदीय कारबाही स्थगित गरेसँगै विगत तीन हप्तादेखि राजनीतिक सङ्कट चुलिएको छ । राष्ट्रपति सिरिसेनाले संसदीय कारबाही स्थगित गर्नुका साथै प्रधानमन्त्री विक्रमासिङ्घेलाई पदबाट हटाई पूर्व राष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेको थियो ।

राष्ट्रपतिको उक्त कदमसँगै युएनपी र राष्ट्रपतिको दल श्रीलंका फ्रिडम पार्टीबीचको गठबन्धन टुटेको थियो ।

यसैबीच, संसदमा १५ सदस्य रहेको तामिल नेसनल एलायन्सले राजापाक्षका विरुद्धमा आउने अविश्वासको प्रस्तावको समर्थनमा मतदान गर्ने जनाएको छ ।

वि.सं.२०७५ कात्तिक १९ सोमवार १४:२५ मा प्रकाशित

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

पश्चिम नेपाल बस व्यवसायीका यात्रुलाई लुम्बिनी केबलकारमा छुट

बुटवल । लुम्बिनी केबलकार लिमिटेड र पश्चिम नेपाल बस व्यवसायीबिच...

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी -युक्रेन ‘कुनै दिन रुसी हुनसक्छ’

किएभ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना उपराष्ट्रपति जेडी भान्स...

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

स्टिल र एलुमिनियममा १२ मार्चदेखि शुल्क लगाउने कार्यकारी आदेशमा ट्रम्पको हस्ताक्षर

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोप र चीनको चेतावनीका...

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

गुगलद्वारा अमेरिकी प्रयोगकर्ताका लागि ‘गल्फ अफ मेक्सिको’ नाम ‘गल्फ अफ अमेरिका’मा परिवर्तन

सान फ्रान्सिस्को । गुगलले सोमबार राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशको...

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

दक्षिण कोरियाको बेरोजगार दाबी घट्यो

सियोल । दक्षिण कोरियाको व्यापार सेवा, स्वास्थ्य तथा कल्याण र...

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

अलास्कामा बेपत्ता विमानको भग्नावशेष भेटियो, १० जनाको मृत्यु भएको पुष्टि

सान फ्रान्सिस्को ।   अमेरिकी कोस्ट गार्डले शुक्रबार दिउँसो अलास्काको पश्चिमी...