back

पत्रकार खशोग्गीको हत्या बारे बुझ्न साउदी टोली इस्तानबुलमा

वि.सं.२०७५ कात्तिक २० मंगलवार

330 

shares
GLOBAL IME AD
NTC AD

२० कात्तिक, इस्तानबुल । आफ्नो देशका पत्रकार जमाल खशोग्गीको हत्या बारे थप अनुसन्धान गर्न साउदी अरबले एउटा टोली टर्कीतर्फ पठाएको छ ।

खशोग्गीको हत्या भएको ठाउँ टर्कीको राजधानी इस्तानबुलतर्फ टोलीलाई पठाइएको अधिकारीहरुले जनाएका छन ।
रसायनशास्त्री र विषविज्ञान विज्ञ पनि रहेको टोलीले हत्याका प्रमाणहरु खोजी गर्ने टर्कीको पत्रिकाले सोमबार लेखेको छ ।
पत्रकार खशोग्गीको हत्यामा साउदी अरबको राजदरबारकै संलग्नता रहेको आशंका र आरोप लागिरहेका बेला साउदी अरबले अनुसन्धान टोली पठाएको हो ।
टर्कीका अधिकारीहरुले पत्रकार खशोग्गीको हत्यासम्वन्धी डरलाग्दो विवरणहरु रहेको जनाएका छन ।

इस्तानबुलस्थित महावाणिज्य दूतावासमा गएका बेला ५९ बर्षिय पत्रकार खशोग्गीको हत्या भएको सार्वजनिक भएपनि शव भने अहिले सम्म भेटिएको छैन ।
टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्गी गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका बेला हत्या भएको थियो ।
टर्कीको सरकार पक्षीय सवाह दैनिकले गत अक्टोबर ११ तारिखका दिन नै साउदी अरबले ११ सदस्यीय टोली टर्की पठाएको समाचार लेखेको छ ।
स्वघोषित अनुसन्धान टोलीमा रसायन शास्त्री अहमद अब्दुल्लाजिज अल्जानोबी र विषज्ञान शास्त्री खालेद याह्या अल जाहरानी रहेको पत्रिकाले जनाएको छ ।
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भने साउदी अरबकै उच्च तहको संलग्नतामा खशोग्गीको हत्या भएको आरोप लगाएको छ ।

त्यसैगरी टर्कीका अनुसन्धानकर्ताहरूले पनि निर्वासित जीवन विताइरहेका पत्रकार खशोग्गीको घाँटी अठ्याएर हत्या भएको दावी गरेका छन ।
दशकौँसम्म साउदी राजपरिवारको निकट रहेर सरकारको सल्लाहकारका रूपमा पनि काम गर्नु भएका पत्रकार खशोग्गीको पछिल्लो समय राजपरिवारसँगको सम्बन्ध विग्रिएको थियो ।
राजपरिवारबाट टाढा भएपछि उनले अमेरिकामा निर्वासित जीवन विताउदै वाशिङ्टन पोष्टमा लेख लेख्दै आएको थियो ।

मासिक रुपमा स्तम्भ लेख्न थालेपछि उनले साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्ने गरेको थियो । त्यही आलोचक भएकैले उनको हत्या भएको कतिपयको आशंका छ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार ११:१२ मा प्रकाशित

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

अमेरिकी विदेश मन्त्री रुबियोले इजरायल र अरब राज्यहरूको भ्रमण गर्ने

वासिङ्टन,अमेरिका । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी...

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

उत्तरी गाजामा क्रेन खस्दा दुई इजरायली सैनिकको मृत्यु, ८ घाइते

जेरुसेलम । बुधबार राति उत्तरी गाजा पट्टीमा सेनाको क्रेन खस्दा...

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

नयाँ दिल्ली । भारतीय वायुसेना (आइएएफ) को लडाकू विमान मिराज–२०००...

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्विडेनको गोलीकाण्डमा १० जनाको मृत्यु

स्टकहोम । स्विडेनको एक शिक्षा केन्द्रमा एक बन्दुकधारीद्वारा गरिएको गोलीकाण्डमा...

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सामसुङ प्रमुख लीको ‘ठगी मुद्दा’ मा पुनः सफाइ

सियोल । सामसुङ इलेक्ट्रोनिक्सका प्रमुख ली जे–योङलाई सन् २०१५ को...

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

उत्तरी सिरियामा कार बम विष्फोट, १५ जनाको मृत्यु

दमास्कस । सिरियाको उत्तरी शहर मानबिज नजिकै सोमबार भएको कार...