back

जनकपुरसहित सम्पूर्ण मधेशमा दीपावलीसँगै छठपर्वको तयारी

वि.सं.२०७५ कात्तिक २० मंगलवार

459 

shares

२० कात्तिक, धनुषा । जनकपुरसहित सम्पूर्ण तराई मधेशमा दीपावलीसँगै छठ पर्वको तयारी तथा रौनक पनि शुरु भइसकेको छ । असोज महीनाको कृष्ण पक्षको औँसी तिथिका दिन लक्ष्मी पूजा अर्थात् दीपावली मनाइन्छ । लक्ष्मी पूजाको ठीक चार दिनपछि नै अर्थात् कात्तिक महीनाको शुक्ल पक्षको चौथी तिथिका दिनदेखि छठ पर्व विधिवत्रुपमा रुपमा शुरु हुन्छ ।

छठ पूजा तराई मधेशमा बस्ने मैथिली भाषी मधेशी हिन्दू समुदायको मुख्य पर्व हो । दीपावली अर्थात् लक्ष्मी पूजालाई यहाँ दोस्रो ठूलो चाडको रुपमा लिइन्छ ।
तराई मधेशका बजारमा अहिले दीपावलीको लागि किनमेल गर्नेले छठ पूजाका लागि पनि बन्दोबस्ती गरिसकेका छन् ।

दीपावली सकिएलगत्तै चार दिनपछि नै छठ शुरु हुने हुँदा बजारमा छठ पूजामा प्रयोग हुने पुजन सामग्री बाँसको चोयाबाट बनाइएका टोकरी, नाङ्लो र सुपली, माटोको कलश, ढकनी, कोशी र दियो, कपडा, फलफूल, तेल, मसलाजस्ता खाद्यान्न किनमेल गर्न पसलमा ग्राहकको घुइँचो छ ।

क्षीरेश्वरनाथ नगरपालिकामा लाग्ने साप्ताहिक हाट सखुवा र नयाँबजारको सडकमा पसलेले छठलाई लक्षित गर्दै बाँसको चोयाबाट बनाइएका सामग्री र माटाका सामग्रीका करीब २०० को सङ्ख्यामा पसल सञ्चालन गरिसकेका छन् ।

दीपावली र छठको सरसामान एकै पटक किन्दा सजिलो र सस्तो पनि पर्ने भन्दै स्थानीय दुवै चाडका सामग्री किनमेलका लागि बजार धाउँदै छन् । सोमबार महेन्द्रनगर नयाँ बजारमा छठका लागि बाँसको चोयाबाट बनाइएको टोकरी किन्दै गर्नुभएको महेन्द्रनगर कुचाइ टोल बस्ने गीता देवीले भने “अहिले दीपावलीमै किन्यो भने छठका बेला फेरि बजार धाउनु पर्दैन ।”

छठका बेला बजारमा दीपावलीको भन्दा अझ बढी भीडभाड हुने भएकाले दीपावलीकै किनमेलका बेला छठको लागि सामान किनेको पनि उनले बताए । नयाँ बजारमा बाँसको टोकरी र नाङ्लोको पसल थापेका हरिहरपुरका सुरेन्द्र सिंहले पनि छठपूजा गर्नेले दीपावलीकै बेलादेखि छठका सामानको किनमेल शुरु गरिसकेको बताए ।

“छठ पूजामा छठीमातालाई अर्घ दिन बाँसको छैटा ९टोकरी० र सुपली अनिवार्य चाहिन्छ, उनले भने”, तीन दिनदेखि नै हरेक दिन ४० देखि ५० वटा छैटा र सुपली बेचिरहेको उनले बताए । छठ पर्वका लागि नदी, पोखरी, ताललगायत जलाशयमा छठीघाटको सरसरसफाइ र सजावटको काम पनि शुरु भइसकेको छ । नदी, तलाउ, पोखरीलगायत जलाशयमा सरसफाइ गरेर त्यहाँ आकर्षक ढङ्गले टेन्ट पण्डाल र झिलिमिली बिजुली बत्तीले सजाउने काम भइरहेको छ ।

तीन दिनसम्म उपवास बसी मनाइने छठपूजा पछिल्लो समय तराई मधेशमा मात्रै नभई नेपालका पहाडी भेगमा पनि मनाउन थालिएको छ । छठलाई हिन्दूको पर्व भनिएको भए पनि छठी माताप्रतिको आस्थाबाट प्रभावित भई तराई मधेशका मुस्लिम धर्मावलम्बीले पनि छठ पर्वको व्रत लिएर छठी माताको पूजा आराधना गर्दै आएका छन् । संस्कृतविद् रमापति चौधरीका अनुसार छठ पर्व नेपालको सन्दर्भमा पहाड र तराई मधेशलाई जोड्ने साझा पर्वका रुपमा विकास हुँदै आएको छ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १२:५० मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...