back

पर्यटन क्षेत्रमा लगानी गर्न नेपाल मुख्य गन्तव्य

वि.सं.२०७५ कात्तिक २० मंगलवार

288 

shares
GLOBAL IME AD
NTC AD

२० कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष एवम् आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटन क्षेत्रको लगानीका लागि नेपाल मुख्य गन्तव्य रहेको बताएका छन् ।

चाइना एड्भेञ्चर टुरिजम फोरमद्वारा आज यहाँ आयोजित ‘हिमालयन समिट’ कार्यक्रममा उनले नेपाल प्राकृतिक र सांस्कृतिक धरोहरको अद्वितीय केन्द्र रहेको उल्लेख गर्दै सगरमाथा, उच्च हिमशृङ्खला र बुद्ध जन्मस्थल लुम्बिनीमा संसारका पर्यटकहरूको मुख्य आकर्षण रहेको बताए ।

उनले नेपालमा स्थिर सरकार बनेको र लगानीका लागि सुरक्षित वातावरण निर्माण हुँदै गएकाले पर्यटन, पूर्वाधार निर्माण तथा सेवा क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । नेपालको धार्मिक र सांस्कृतिक पर्यटनको प्रवद्र्धन गर्न निजी क्षेत्र सहकार्य गर्न सदैव तयार रहेको उनले बताए । नेपाल र चीनबीच प्राचीनकालदेखि नै रहिआएको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धको स्मरण गर्दै उनले उत्तरी छिमेकी राष्ट्र चीनबाट आउने पर्यटकको सङ्ख्यामा वृद्वि हुँदै गएकामा खुशी व्यक्त गरेका थिए । सो सम्मेलनमा चिनियाँ र नेपाली पर्यटन क्षेत्रमा लगानी गरेका लगानीकर्ता तथा प्रतिनिधिसहित करीब सय जनाको सहभागिता रहेको छ ।

वि.सं.२०७५ कात्तिक २० मंगलवार १९:४८ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...