back

छुरा प्रहारबाट बुढामगरको मृत्यु

वि.सं.२०७५ कात्तिक २४ शनिवार

336 

shares
GLOBAL IME AD
NTC AD

२४ कात्तिक, बाँके । मादक पदार्थ सेवनका क्रममा होटल सञ्चालकसँग विवाद भएपछि बाँकेमा एकजनाको मृत्यु भएको छ ।

राप्तीसोनारी गाउँपालिका–१ गाभरस्थित थकाली होटल भोजनालयमा भएको झडपका क्रममा छुरा प्रहारबाट सोही गाउँका २७ वर्षीय हरिबहादुर बुढामगरको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक मानबहादुर बिसीका अनुसार बुढामगरको छातीमा छुरा प्रहार गरिएको थियो । छुरा प्रहारबाट गम्भीर घाइते बुढामगरको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

झडपका बेला होटल सञ्चालक चन्द्रकिरण शाह पक्षले बुढामगरमाथि छुरा प्रहार गरेको प्रहरीले बताएको छ । छुरा प्रहार गरेको आरोपमा होटल सञ्चालक शाह र गणेश शाहलाई नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको प्रहरी निरीक्षक बिसीले जानकारी दिए ।

वि.सं.२०७५ कात्तिक २४ शनिवार १५:०५ मा प्रकाशित

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु

काठमाडौं । पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी सुरु भएको छ ।...

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

बँदेलले बालीमा क्षति पुर्‍याउन थालेपछि चिन्तामा किसान

महोत्तरी । जङ्गली बँदेल गाउँ/नगरका बस्तीमा पसेर बालीमा क्षति पु¥याउन...

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता : डडेल्धुरा र अत्तरिया भिड्दै

फाप्ला । कैलालीको धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटको फाइनल...

देवीदह संरक्षण गर्न आर्थिक अभाव

देवीदह संरक्षण गर्न आर्थिक अभाव

सिरहा । सिरहाको लहान नगरपालिका-१७ स्थित देवीदह संरक्षणको अभावमा कुरुप...

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

प्रहरीलाई हातपात गरेको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नियमित गस्तीमा रहेका आफ्ना कर्मचारीमाथि अभद्र...

अम्रिसोबाट आम्दानी लिँदै किसान

अम्रिसोबाट आम्दानी लिँदै किसान

गलेश्वर (म्याग्दी) । यहाँको मङ्गला गाउँपालिका–५ अर्मनकी तेजकुमारी बुढाथोकीले बारी...