back

‘पेइङ क्लिनिक’ का नाममा मनपरी असुली

वि.सं.२०७५ कात्तिक २५ आइतवार

267 

shares
GLOBAL IME AD
NTC AD

२५ कात्तिक, काठमाडौं । सम्बन्ध बिच्छेद पछि मानसिक समस्या भोगिरहेकी स्याङजाकी भगवती पौडेल केही दिनअघि उपचारका लागि पाटनस्थित मानसिक अस्पताल पुगिन् । अस्पतालमा टिकट शुल्क कतै टाँसिएको देखिनन् । साथमा गएका छोरा आशिष पौडेलले टिकटबारे काउन्टरमा सोधपुछ गरे । टिकट शुल्क ४ सय रुपैयाँ भनेपछि उनी अचम्म परे । उनले भने, ‘ सरकारी अस्पतालमा पनि टिकटको ४ सय लिइँदो रहेछ ४ सय तिरेर ४ घण्टा कुरेपछि बल्ल डाक्टर भेटिए, तर जम्मा ३ मिनेटमात्र समय दिए ।’ पहिलो दिन महँगो शुल्क तिरेपछि हरेक फलोअपमा पनि ४ सय खर्च हुँदा पौडेल परिवार दुःखी छ । ‘लामो समय उपचार गर्नुपर्छ रे, कहिलेसम्म निजी अस्पतालमा जस्तो पैसा खर्च गर्नु,’ पौडेलले भनेको आजको कान्तिपुर दैनिकमा समाचार छ ।
मानसिक अस्पतालमा साधारण ओपिडी शुल्क ४० रुपैयाँ हो । पौडेलले काटेको टिकट विस्तारित ओपीडी सेवाको थियो । सरकारी अस्पतालमा ४ बजेपछि ‘पेइङ क्लिनिक’ विस्तारीत ओपिडी सेवा हो ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०७:४३ मा प्रकाशित

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दीको कुमारी सहकारी हिनामिना प्रकरण : प्रहरीद्वारा अनुसन्धान सुरू

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ मा रहेको कुमारी बहुउद्देश्यीय सहकारी...

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा आगलागी नियन्त्रणमा...

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

दलित मुक्ति मोर्चाले आन्दोलनका कार्यक्रम तय गर्दै

काठमाडौं । नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय समितिको चौथो पूर्ण...

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

युवा व्यवसायीले सञ्चालनमा ल्याए रु आठ करोडको लगानीमा च्याउ उद्योग

नवलपरासी । पश्चिम नवलपरासीको परासीमा संयुक्त लगानीमा च्याउ उद्योग सञ्चालनमा...

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी सरह समान निर्वाह भत्ता दिने निर्णय

काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा आज...

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

विदेश पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश...