back
CTIZAN AD

पहाड–मधेस जोड्दै छ छठ

वि.सं.२०७५ कात्तिक २५ आइतवार

615 

shares

२५ कात्तिक, लाहान । सिरहा नगरपालिका २ गोढियारीकी लालझरी मलिकले बर्षौदेखि टोलकै सार्वजनिक पोखरीमा छठ पर्वको अर्घ चढाउँदै आएकी छन् । यहि पोखरीमा यस टोलका अन्य जातका ब्रतालु पनि छठ पूजा गर्छन् । अरुबेला मालिकसँग समाजका अन्य जातले छुवाछुतको भेद गरेपनि छठ घाटमा सबै सँगै हुन्छन् । न कसैको पूजा सामग्री कसैसँग छोइन्छ न कोही कसैसँग । मलिक भन्छिन्,‘ छठका बेला हामी बर्षभरीका पीडा भुल्छौं ।’
छठ पर्वमा सबै जातजाति जातीय घेराभन्दा माथि उठेर जातिको परिधिभित्र खुम्चिन पुग्छन् । मलिक भन्छिन्,‘ अरु जाति पनि उही सुर्यदेवलाई पूजा गर्छन् हामी पनि उनैलाई नै ।’
त्यस्तै लाहान १० का भूतनाथ उपाध्याय ६५ वर्षका भए । पहाडी मुलका उपाध्यायलाई थाहा भएदेखि नै उनको परिवारमा छठ मनाइदै आएको छ । गोलबजारकी डम्बर कुमारी श्रेष्ठले छठ पूजागर्न थालेको ५५ वर्ष भयो । छोरा पाउनका लागि गरेको भाकल पूरा भएपछि उनले यो संस्कृति अंगालेकी हुन् । आजको नागरिक दैनिकमा समाचार छ ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:०३ मा प्रकाशित

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

भारतले रोक्यो चिनी निर्यात, नेपालमा महँगीको डर

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा तत्काल प्रभावबाट प्रतिबन्ध लगाएसँगै...