back

विराटनगरमा छठ महोत्सवको भव्य तयारी

वि.सं.२०७५ कात्तिक २५ आइतवार

318 

shares
GLOBAL IME AD
NTC AD

 

२५ कातिक, विराटनगर। प्रदेश नं. १ को सामाजिक विकास मन्त्रालयले छठ पर्वको अवसरमा सबै पर्वको सांस्कृतिक महोत्सव झल्किने गरी छठ महोत्सवको आयोजना गर्ने भएको छ । कातिक २८ गते विराटनगर महानगरपालिकाको आदर्श उच्च माविको प्राङ्गणमा आयोजना हुने सो महोत्सवका बारेमा जानकारी दिन शनिबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महोत्सवको तयारीका बारेमा अवगत गराइएको थियो ।

महोत्सव मनाउन प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको संयोजकत्वमा प्रदेशका मन्त्री, प्रदेश मन्त्रालयका सचिव, महानगरपालिकाका प्रमुख, मुख्य न्यायाधिवक्ता, प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, उद्योग सङ्गठन, मोरङ व्यापार सङ्घका प्रतिनिधि रहने गरी १०१ सदस्यीय शुभकामना आदानप्रदान, सांस्कृतिक कार्यक्रम तथा चियापान व्यवस्थापन मूल समारोह समिति गठन भएको छ ।

महोत्सवमा त्यस क्षेत्रका विभिन्न स्थानीय तहबाट विभिन्न पर्वको सांस्कृतिक महत्व झल्किने गरी झाँकी प्रस्तुत हुनुको साथै राष्ट्रिय कलाकारहरुबाट सांस्कृतिक प्रस्तुति पनि रहने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

सो अवसरमा आन्तरिक मामिला तथा कानून मन्त्री तथा कार्यवाहक मुख्यमन्त्री हिक्मत कार्कीले यस किसिमको कार्यक्रमले समाजमा एकता र सद्भाव कायम हुने विश्वास व्यक्त गरे । उनले सामाजिक एकतालाई खँदिलो र बलियो बनाउन यस किसिमको कार्यक्रमलाई आउने वर्षहरुमा पनि निरन्तरता दिने भन्दै हरेक जातजातिका भाषा, संस्कृतिलाई प्रदेश सरकारले आत्मसात गरी सम्मान प्रकट गरिएको बताए ।

सो अवसरमा सामाजिक विकास मन्त्री जीवन घिमिरे, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, आन्तरिक मामिला तथा कानून सचिव गोपालप्रसाद पराजुलीले चाडपर्वको महत्व र गरिमालाई प्रदेश सरकारले उच्च प्राथमिकता दिएको धारणा राखे ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार ०८:०८ मा प्रकाशित

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

हत्या गरी फरार अभियुक्तलाई पक्राउ गर्न माग

बारा । दुई साताअघि यहाँको कलैया उपमहानरपालिका–१ बैंक रोडस्थित नवजन्म...

पर्यटक भित्र्याउन सडक निर्माण

पर्यटक भित्र्याउन सडक निर्माण

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मा रहेको पर्यटकीयस्थल मुना मालिका...

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

कर्णाली नदीको बगरमा प्याजखेती गर्दै किसान

टीकापुर । कैलालीको टीकापुर–८ अरुणाफाँटाका किसानले कर्णाली नदीको बगरमा प्याजखेती...

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

किसानको आम्दानीको स्रोत बन्दै रुद्राक्ष

भोजपुर । रुद्राक्ष भोजपुरका किसानको राम्रो आम्दानीको स्रोत बनेको छ...

नुब्री भ्यालीमा हिमपात

नुब्री भ्यालीमा हिमपात

गोरखा । उत्तरी गोरखामा पुनः भारी हिमपात भएको छ ।...

पर्सामा वन जोगाउनै मुस्किल

पर्सामा वन जोगाउनै मुस्किल

वीरगञ्ज (पर्सा) । पर्सा जिल्लामा तीन साझेदारी वन र त्यसको...