back
CTIZAN AD

बस दुर्घटनामा ३७ जना घाइते

वि.सं.२०७५ कात्तिक २५ आइतवार

633 

shares

२५ कात्तिक, दमौली। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आज दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ३७ जना घाइते भएका छन् ।

तनहुँको भीमाददेखि चितवनको नारायणगढतर्फ जाँदै गरेको ग१ख ५८४७ नंको बस राजमार्ग छेउबाट खस्दा ३७ जना घाइते भएका हुन् । घाइतेमध्ये स्याङ्जाका १३ वर्षीय सनम थापाको अवस्था गम्भीर रहेको र अन्य यात्रुहरुको अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये चार जनाको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा, १० जनाको दमौली अस्पतालमा, ६ जनाको व्यास सिटी अस्पतालमा र १७ जनाको रत्नहरि अस्पतालमा उपचार भइरहेको छ ।

सोही बसमा यात्रा गरेकी भीमादका सूर्यकुमारी रानाका अनुसार बसमा यात्रु खचाखच थिए । “दमौली आइपुग्नुभन्दा केही यता यात्रु चढाउन बस रोकिएको थियो, त्यो बेला चालक निदाउन खोजेको हो कि जस्तो देखिएको थियो,” उनले भनिन् ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १८:५४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...