back
CTIZAN AD

दाजले महामारीको रुप लिँदै

वि.सं.२०७५ कात्तिक २५ आइतवार

636 

shares

२५ कात्तिक, बुटवल । छालासम्बन्धी रोग दाज (छालामा रातो देखिने) ले महामारीको रुप लिन थालेको छ । रुपन्देहीको विभिन्न गाउँपालिका तथा नगरपालिकामा अधिकांशलाई छालामा कनाउने र कनाएपछि आनन्द मिल्ने विशेषता रहेको दाज महामारीको रुपमा फैलिएको हो ।

छाला, यौन तथा कुष्ट रोग विशेषज्ञ डा योगेश पौड्यालले दाजको ‘स्टेर वाइड’ औषधिका कारण यसले महामारीको रुप लिन थालेको जानकारी दिए । उनले रोगबाट पीडितलाई यस्तो प्रकारको औषधि प्रयोग नगर्न सुझाव दिएका छन् । “मैले जाँच गरेका छालाका बिरामीमध्ये ७० प्रतिशतमा दाजको समस्या देखिएको छ”, डा पौड्यालले भने ।

उनले यस्ता सस्तो प्रकारको मल्हमले दाजको दाग हटाए पनि पूर्णरुपमा निको नहुने जानकारी दिँदै नङमा हुने सङ्क्रमणले पनि दाज फैलाउनमा सहयोग गरेको बताए । दाज, काछ, स्तनमुनि, काखी, नङलगायतका शरीरका विभिन्न स्थानमा आउने सरुवा रोग हो ।

डा पौड्यालले सो रोग लाग्न नदिन विशेष गरेर सरसफाइमा ध्यान दिन आग्रह गर्दै यो रोग छालामा लाग्ने ढुसीका कारण भएको बताउँछन् । उनले सोनाडर्म, क्वाडीडर्म, रिङगार्डलगायतका औषधिले दाजको रातोपना घटाउने काम मात्रै गरेको जानकारी दिँदै यस्तो खालको औषधिले शरीरको ढुसीसँग लड्ने प्रतिरोधात्मक क्षमता कमजोर बनाउने तर्क गरे ।

डा पौड्याल भन्छन्, “यसले बिरामीलाई निको भयो भन्ने भान हुन्छ र पूर्णरुपमा निको नभएकाले पुनःछाला चिलाउन शुरु हुन्छ तर पुनःराम्रो औषधिले पनि काम नगर्न सक्छ ।” ‘स्टेर वाइड’ औषधि प्रयोगमा नल्याउन दाजका बिरामीलाई आग्रह गर्दै उनले यसको उपचार महङ्गो भएकालेसमेत महामारीको रुप लिएको बताए । दाज छालाको माथिल्लो तहमा च्याउ जस्तै भएर बसेको एक प्रकारको जीवाणु हो । यो तलसम्म जाँदैन माथिमाथि बसेको हुन्छ । छालामा एक प्रकारको प्रोटिन हुन्छ त्यो खाएर बसेको हुन्छ ।

छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञ डा पौड्यालले सरसफाइको चेतना र ‘स्टेर वाइड’ औषधिको प्रयोग नगरेर दाज पूर्णरुपमा निको हुने उल्लेख गर्दै ‘स्टेर वाइड’ औषधि नभएको भए महामारीको रुप आउँदैनथ्यो भने ।

तापक्रम बढी भएको ठाउँमा ढुसी लाग्ने र त्यसबाट दाजले आफ्नो आकार लिने र गर्मी महीनामा पसिना आउने कारणले पनि फोहर भएर दाज आएको बताइएको छ । दाजका लागि माछा वा मासु खान कुनै समस्या रहने छैन । डा पौड्यालले दाजको विरामीलाई ‘एन्टिफङ्गल’ औषधि कम्तीमा १५ दिनदेखि तीन महीनासम्म खान वा लगाउन आवश्यक हुने बताए ।

वि.सं.२०७५ कात्तिक २५ आइतवार १९:२४ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...