back
CTIZAN AD

स्वरोजगार कोष अनियमितता, अख्तियारले थाल्यो अनुसन्धान

वि.सं.२०७५ कात्तिक २६ सोमवार

699 

shares

२६ कात्तिक, काठमाडौं । युवा तथा साना व्यवसायी स्वरोजगार कोषको भ्रष्टाचार र बेथिति बारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान थालेको छ ।
कोषको रकम वितरण, कर्मचारी भर्ना, अनुगमन, सेवा सुविधालगायतमा व्यापक भ्रष्टाचार भएको छानविन प्रतिवेदन प्रधानमन्त्री कार्यालय मातहतको राष्ट्रिय सतर्कता केन्द्रले सार्वजनिक गरेसँगै अख्तियारले पनि अनुसन्धान थालेको हो ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालले स्वरोजगार कोषको अनियमितता बारे अध्ययन भइरहेको बताए । ‘सर्तकताको प्रतिवेदन र सुझावसहित सम्बन्धित महाशाखाले अध्ययन गरिरहेको छ, अध्ययनपछि के गर्ने भन्नेमा पुग्छौं,’ उनले भनेको आजको राजधानी दैनिकमा समाचार छ ।
सर्तकता केन्द्रले छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारलाई पनि कार्यान्वयनका लागि भन्दै बुझाएको थियो ।
बेरोजगार तथा अशिक्षितलाई रोजगारी दिने उद्देश्यले स्थापित कोषमा कोष व्यवस्थापन समितिले स्वरोजगारको नाममा सुन व्यवसायी, बस तथा ट्याक्सी व्यवसायी, होलसेल पसल, मालसामान सप्लाई गर्ने डिलर लगायतलाई रकम बाँडेको छानबिन प्रतिवेदन सतर्कताले सार्वजनिक गरेको थियो ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार ०८:२० मा प्रकाशित

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

आजै एसईईको नतिजा सार्वजनिक गर्ने बोर्डको निर्णय

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को...

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज

काठमाडौँ । सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी...

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

पूँजी बजारमा पेन्सन कोष र गैरआवासीय नेपाली भित्र्याइने

काठमाडौँ । सरकारले पूँजी बजारमा पेन्सन कोष तथा गैरआवासीय नेपालीको...

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

सहकारीको बचत फिर्ता गर्न ’एकीकृत बचतकर्ता सुरक्षण कोष’ स्थापना गरिने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा समस्याग्रस्त सहकारीका...

आर्थिक कारोबारलाई नगद रहित बनाउने

आर्थिक कारोबारलाई नगद रहित बनाउने

काठमाडौँँ। सरकारले आगामी आर्थिक वर्ष देखि आर्थिक कारोबारलाई नगद रहित...

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

तिङ्कर सडकको दुम्लिङसम्म पहिलोपटक गाडी पुग्यो, स्थानयीवासी खुसी

खलङ्गा (दार्चुला) । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित दुम्लिङ गाउँमा पहिलोपटक...