२६ कात्तिक, रौतहट । कुखुराले गीत सुन्छ । त्यो पनि लोकगीत । चन्द्रपुर ४ स्थित ठाडा टोलमा सञ्चालित आईएस पोल्ट्री फर्मका कुखुरालाई यस्तो बानी परेको छ ।
कुखुरालाई गीत सुनाउनका लागि फार्ममा बुफर झुण्ड्याएको छ । जसमा थरीथरीका नेपाली गीत बजाइन्छ । गीत सुन्न पाएपछि कुखुरापनि शान्त हुन्छन् । त्यति मात्र होइन, कुखुरालाई गीत सुनाउन एकजना प्राविधिक पनि खटिएका छन् । फार्म आसपास कुनै गाडी वा ठूलो आवाजसहित मानिस दौडिदा कुखुरा तर्सने र एकअर्कामा च्यापिएर मर्न सक्ने भएकाले लोकगीतको तालमा झुम्ने बानी परेको सञ्चालक फिरोज श्रेष्ठले बताएको पनि आजको कान्तिपुर दैनिकमा समाचार छ ।
वि.सं.२०७५ कात्तिक २६ सोमवार ०९:०२ मा प्रकाशित