२६ कात्तिक, दमक । झापा, शिवसताक्षी नगरपालिका–९ का युवाले देउसी–भैली खेलेर सङ्कलन गरेको रकम मिर्गौला पीडित स्थानीयबासी सम्झना बुढाथोकीलाई प्रदान गरेका छन् ।
देउसी–भैलोबाट सङ्कलित रु ५० हजार ५६५ आइतबार आयोजित एक कार्यक्रममा बिरामीका बुबा भुवन बुढाथोकीलाई हस्तान्तरण गरिएको थियो । चिकित्सकले २७ वर्षीया सम्झनाको मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएको उनले जानकारी दिए । बिरामीको उपचारमा हालसम्म रु २२ लाख बढी खर्च भइसकेको र थप उपचारमा समस्या भएकाले बुबा भुवनले सबैसँग थप सहयोगका लागि याचना गरेका थिए ।
वि.सं.२०७५ कात्तिक २६ सोमवार १२:१३ मा प्रकाशित