back

वर्तमान संविधान मान्य छैन – जगतबहादुर बराम

वि.सं.२०७५ कात्तिक २६ सोमवार

450 

shares
GLOBAL IME AD
NTC AD


सन्तोष न्यौपाने, बेल्जियम
आदिवासी जनजाति महासंघका केन्द्रिय अध्यक्ष जगत बहादुर बरामले आदिवासी जनजातिहरुले आफ्नो अधिकार खोज्दा जातिय बिल्ला लगाएर विभिन्न विभेद राज्यले गर्ने गरेको हुँदा वर्तमान सविधान मान्य नरहेको बताएका छन्।

आदिवासी जनजाति महासंघ बेल्जियमको दोस्रो महाधिवेशनमा प्रमुख अतिथिका रुपमा बोल्दै अध्क्षय बरामले संविधानको दफा उपदफाहरु विभेदकारी रहेको बताए। संशोधन गराउन बारम्बार आवाज उठाए पनि त्यसको सुनुवाई हुन नसकेको गुनासो गर्दै अहिलेका शासक वर्गबाट मुलुकको समृद्ध नहुने जिकिर समेत गरे।उनले राजनैतिक दलहरुले समय अनुसार आफ्नो रंग फेर्ने हुनाले जनजातिका मुद्दा बीचमै तुहिन लागेको बताए ।

संघीय समाजबादी फोरम पार्टीका उपेन्द्र यादवप्रति लक्षित गर्दै उनले खास आर्य र मधेसीको साठ गाँठ ले गर्दा फोरम प्रति संका उब्जेको भन्दै आक्रोश प्रकट गरे।
बरामले बेल्जियममा रहेका आप्रवासी नेपालीहरुले आफू आफू बीच टुटफुट र आपसी द्वन्दमा नलागेर नेपालको विकास निर्माणमा जोड दिनुपर्नेमा जोड दिए ।
अध्क्षय बरामले नेपाल सरकार आदिवासी जनजातिहरुको चाडबाडलाई कटौती गरेको भन्दै त्यसको प्राप्तिको लागि हिँड्दा जातिय ट्याग लगायत हस्तक्षेप गर्ने गरेको आरोप लगाए। देश धर्म निरपेक्ष भइसक्दा पनि अझै गाईको मासु खाँदा जेल जानुपर्ने कस्तो नियम उनले प्रश्न तेर्स्याए।

कार्यक्रममा बोल्दै अनी वक्ताहरुले युरोपको मोडेल नेपालमा लागु गर्न सकिने हुँदा युरोप स्थित विभिन्न वैचारिक संघ संस्थाहरुले त्यसको लागि दबाब सृजना गर्नुपर्नेमा जोड दिएका थिए।उनीहरूले विकशित नेपाल र समृद्ध नेपाल निर्माणको लागि सबैलाई समान अधिकारको जरूरत पर्ने हुँदा त्यसको लागि सशक्त रुपमा लाग्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै बेल्जियम स्थित नेपाली राजदुत लोक बहादुर थापाले नेपालको विकासमा जनजाति आदिवासीहरुको संस्कृतिलाई विश्वव्यापी गर्न चुनौती रहेको हुँदा त्यसतर्फ ध्यान दिनुपर्ने आवश्यक औंल्याएका थिए।

कार्यक्रममा नेत्र मगर,विष्णु भुजेल,मेख गुरुङ,गंगाधर गौतम,बोधराज पौडेल,जीत लामा,सुबास गुरुङ,सीता सापकोटा ,गोविन्द अधिकारी लगायतले आदिवासी जनजातिको केही मुद्दाहरू जायज रहेको हुँदा त्यसको सुनुवाईको लागि नेपाल सरकार लाग्नुपर्नेमा जोड दिएका थिए। आदिवासी जनजाति महासंघका अध्यक्ष पिजी शेर्पाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन बाबु राजा लामा ले गरेका थिए।

उक्त अधिवेशनले बाबुराजा लामाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। त्यसैगरी वरिष्ठ उपाध्यक्षमा मुना राई, उपाध्यक्ष होम गुरुङ, उपाध्यक्ष सुर्य नारायण श्रेष्ठ, यामुना रोक्कामगर लगायत रहेका छन् ।

वि.सं.२०७५ कात्तिक २६ सोमवार १७:०६ मा प्रकाशित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

सिनेमेटोग्राफर सम्राट कार्की ‘कम्युनिटी मिडिया अवार्ड २०२५’ले सम्मानित

अमेरिका । सिनेमेटोग्राफर सम्राट कार्की लाई ‘कम्युनिटी मिडिया अवार्ड २०२५’...

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

नेपलिज कम्युनिटी पार्दो पोर्चुगलद्धारा मृतकका परिवारलाई आर्थिक सहयोग

काठमाडौं । नेपलिज कम्युनिटी पार्दो पोर्चुगलले मृतकका परिवारलाई आर्थिक सहयोग...

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

नर्वेमा मनाइयो माघे संक्रान्ति र माघी

प्रेम परियार, नर्वे । मगर संघ नर्वेले यही २०२५ जनवरी...

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

सीमान्तकृत मुगाल (मुगोम)समुदायको दोस्रो चलचित्र ‘फेके’ न्यूयोर्कमा भव्य प्रर्दशन

अमेरिका । न्यूयोर्कको ज्याक्सन हाईटमा मुगाल (मुगोम) समुदायको र मुगु...

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

माघे संक्रान्तिका अवसरमा नर्वेमा विविध कार्यक्रम हुँदै

नर्बे । नर्वेमा रहेका मगर समुदायको आयोजनामा मगर समुदायको मुख्यपर्व...

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

जनसम्पर्क समिति डेनमार्कद्वारा शैक्षिक सामग्री वितरण

कोपनहेगन। नेपाली जनसम्पर्क समिति डेनमार्कले डेनमार्कमा रहेका नेपाली पाठशालाहरुका लागी...