back

कहाँ छन कतार प्रहरीद्धारा गिरफ्तार गरिएका आरके शर्मा ?

वि.सं.२०७५ कात्तिक २६ सोमवार

327 

shares

२५ कात्तिक, काठमाडौं । कतार प्रहरीद्धारा गिरफ्तार गरिएका गैरआवासीय नेपाली संघका मध्यपूर्प संयोजक आरके शर्मा सम्पर्क बाहिर भएका छन् । अक्टोबर १८ का दिन गिरफ्तारीमा परेका उनलाई परिवार लगायत कसैको पनि प्रत्यक्ष सम्पर्क र पहुँच बाहिर राखिएको भन्दै गैरआवासीय नेपाली संघले ध्यानाकर्षण  भएको जनाएको छ ।

संघका प्रवक्ता भूषण घिमिरे द्धारा आज एक विज्ञप्ति जारी गरि कतार सरकारले  शर्माको  गिरफ्तारी के कारणले भएको तथा  उनको अवस्था बारे जानकारी नगराएको पनि  विज्ञप्तिमा जनाइएको छ ।

 एनआरएनएद्धारा जारी विज्ञप्ति जस्ताको तस्तै

गैरआवासीय नेपाली संघका मध्यपूर्व संयोजक राजेन्द्र कुमार (आर. के) शर्मालाई कतारको सुरक्षा निकायले गिरफ्तार गरेर पारिवारिक लगायत कसैको पनि पहुँच र प्रत्यक्ष सम्पर्क भन्दा बाहिर राखेको  विषयले हाम्रो गम्भीर ध्यानाकर्षण गराएको छ । गत अक्टोवर १८ तारिखमा भएको उहाँको गिरफ्तारीको कारण के हो भन्ने विषय र अवस्थाका बारेमा अहिले सम्म त्यहाँको सरकारी निकायले आधिकारिक जानकारी गराएको छैन । गिरफ्तार गरिएको तेस्रो दिन छोटो समय परिवारका सदस्यसँग कुरा गर्न दिए पनि कतारमा दशैं अगाडि आयोजना गरिएको एक साँस्कृतिक कार्यक्रमको प्रस्तुतिका विषयलाई लिएर गिरफ्तार भएको र सुरक्षित रहेको बाहेक अन्य जानकारी पाउन नसकेको पारिवारिक स्रोतले जनाएको थियो ।

गत अक्टोवर ५ तारिकमा दोहामा लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको कतार शाखाको आयोजनामा भएको एक साँस्कृतिक कार्यक्रममा रोजगारदाताले नेपाली कामदारलाई दिएको पीडाको विषय समेटिएको थियो । शर्मा त्यस कार्यक्रमको विशेष अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो । उहाँबाहेक उक्त कार्यक्रमका आयोजक प्रतिष्ठानका उपाध्यक्ष शक्ति क्षेत्री र कलाकारहरु राम बाबु बोहरा, रित कुमार श्रेष्ठ र कृष्ण ढकाललाई पनि त्यहाँको सुरक्षा निकायले त्यस कार्यक्रम पछि नियन्त्रणमा लिएको बुझिएको    छ ।  गत विहिबार संयोजक शर्माले करिब १५ मिनेट परिवारका सदस्यहरुसँग कुरा गर्नुभएको र नेपाली समुदायको नेतृत्वकर्ता भएर पनि त्यस किसिमको कार्यक्रम किन रोक्ने प्रयास नगरेको भन्ने विषयमा नै सोधखोज केन्द्रित रहेको जानकारी श्री शर्माले परिवारका सदस्यहरुलाई गराउनु भएको जानकारी प्राप्त भएको छ ।

उहाँको गिरफ्तारी पछि संघले कतार स्थित नेपाली दुतावास, परराष्ट्र मन्त्रालय लगायत सम्बन्धित निकायहरुमा उहाँको अवस्था एकिन गर्न र रिहाइका लागि आवश्यक पहल गरिदिन अनुरोध गर्दै आएको छ । संघ यो प्रेस विज्ञप्ति मार्फत पनि संघका मध्यपूर्व संयोजक आरके शर्मा र हिरासतमा रहनुभएका अन्य नेपालीहरुको शिघ्र रिहाइका निम्ति जोडदार अपील गर्दछ । यसका साथै श्री शर्माको गिरफ्तारीको विषयमा निराधार र कपोलकल्पित रुपमा केही संचार माध्यम र सामाजिक संजालमा समाचार तथा टिका टिप्पणी भैरहेका प्रति पनि गैरआवासीय नेपाली संघको गम्भीर ध्यानाकर्षण भएको छ । कसैले पनि व्यक्तिको स्वाभिमानमाथि चोट पुग्ने गरी संघ र संघका पदाधिकारीहरुलाई समेत जोडेर काल्पनिक, आधारहिन र भ्रामक समाचार संप्रेषण तथा टिका टिप्पणी नगरिदिनुहुन संघ हार्दिकतापूर्वक अनुरोध गर्दछ ।’

वि.सं.२०७५ कात्तिक २६ सोमवार १७:०१ मा प्रकाशित

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

‘रेटिनोब्लास्टोमा’ बारे नजान्दा गुम्नसक्छ आँखाको ज्योती 

काठमाडौँ । के तपाईले अध्यारो कोठामा आफ्ना नानीबाबुको तस्बिर खिच्दा...

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काँक्रेविहार (सुर्खेत) । जाजरकोटको नलगाड नगरपालिका–५ कालीमाटीबाट वडा नम्बर–३ कटकेतर्फ...

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

सहकारी बचतकर्ताहरुले बुझाए आयोग समक्ष ध्यानकर्षणपत्र

काठमाडौँ । सहकारी पीडित तथा सहकारी बचतकर्ताहरुले बचत रकम फिर्ता...

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँको घिरिङ र बन्दीपुरमा दुई सबस्टेसन सञ्चालनमा

तनहुँ । तनहुँ जलविद्युत् आयोजनाले स्थानीय रूपमा विद्युत् आपूर्तिका लागि...

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

सुन्तलाखेतीबाट मनग्य आम्दानी गर्दै कृषक

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–३ का कृषक सुन्तला बिक्रीबाट मनग्य...

व्यवारीसे लास व्यवस्थापनको जिम्मा लिँदै सांसद सुनिल शर्मा

व्यवारीसे लास व्यवस्थापनको जिम्मा लिँदै सांसद सुनिल शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका सांसद तथा मेडिकल व्यवसायी सुनिल शर्माले...