back

छठ पूजाका लागि मेची नदीमा पाँच हजार पूजास्थल

वि.सं.२०७५ कात्तिक २७ मंगलवार

336 

shares
GLOBAL IME AD
NTC AD

२७ कात्तिक, भद्रपुर । पूर्वकै ठूलो छठ पूजास्थलका रूपमा परिचित भद्रपुरस्थित मेची नदीमा भव्यताका साथ समावेशी छठ पूजा स्थल निर्माण धमाधम भइरहेको छ । भद्रपुरस्थित मेची नदीमा मनाइँदै आएको छठ पूजामा पाँच हजार पूजा स्थल (घाट) सहित तीन किलोमिटर क्षेत्रमा नदीको वारिपारि दुवैपट्टिबाट सबै समुदायको समान सहभागिता हुने गरी पूजास्थल निर्माण भइरहेको हो ।

पछिल्ला वर्षमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयवासीले यस पर्वलाई समावेशी साझा पर्वका रूपमा मनाउने गरेको पाइएको छ । बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र बिहान उदाउँदो सूर्यको पूजा गरी भव्य रूपमा मनाइने यो पर्वमा नेपालको जनकपुरपछिको दोस्रो स्थानको पूजा मण्डप र जनसहभागिता रहने भद्रपुरस्थित मेची नदीमा पूजा व्यवस्थापनलाई मजबुद बनाइएको छ ।

पूजा अवधिभर आपराधिक गतिविधि हुन नदिन वडा प्रहरी कार्यालय भद्रपुर र भारतको गलगलिया प्रहरी पोस्टले संयुक्त सुरक्षा गस्ती गर्ने सुरक्षा संयन्त्र तयार गरिएको भद्रपुर नगरपालिकाका प्रमुख जीवन श्रेष्ठले बताउनुभयो । नेपाल मात्र नभएर भारतको विहार तथा बङ्गाल राज्यका व्रतालु भक्तजन यसै नदीमा छठ पर्व मनाउँदै आएकाले भद्रपुरको छठ पर्वको छुट्टै विशेषता रहने गरेको मैथिली समाज भद्रपुरका अध्यक्ष रमेशचन्द्र झाले जानकारी दिए ।

मेची नदीमा पूजास्थल (घाट) व्यवस्थापनदेखि सरसफाइ, बाटो मर्मत, पण्डाल, बिजुली बत्ती जडान, शौचालय, निःशुल्क पानी तथा चिया वितरण, स्वास्थ्य शिविर, अस्थायी सुरक्षा क्याम्प बनाउनेलगायत कार्यमा मैथिली समाज लागिपरेको समाजका अध्यक्ष झाले बताउनुभयो । उहाँका अनुसार एक लाख भक्तजनले पूजास्थलको अवलोकन गर्नेछन् । भद्रपुर–५ को देवी बस्तीदेखि भद्रपुरको निर्माणाधीन मेची पुल दक्षिण सुकुम्वासी बस्तीसम्मको झण्डै तीन किलोमिटर क्षेत्रमा लामबद्ध नदीको दुवै किनारमा पाँच हजार हाराहारी पूजास्थल (घाट) बनाइएको छ ।

पूजास्थल वरपर अवलोकन गर्दा मेची नदीमा बिजुली बत्ती, केराको बोट, रङ्गविरङ्गी रिबन, विभिन्न किसिमका फूलले पूजास्थल सजावट गरी नदीलाई नयाँ बेहुली झँै सिङ्गारिने क्रम तीव्र बनाइएको छ । मेची नदीमा मनाइने छठ पर्वलाई दृष्टिगत गर्दैै वडा प्रहरी कार्यालय भद्रपुरले शान्ति सुरक्षा कडा पारेको छ ।

सीमावर्ती क्षेत्र भएकाले भारतीय सुरक्षाकर्मीसँंगको सहकार्यमा सुरक्षा व्यवस्था कडा बनाइएको वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश जगेवुले जानकारी दिए । छठ पर्वका दिन ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी १५० भन्दा बढी प्रहरी परिचालन हुने जनाइएको छ ।

त्यसैगरी झापाको मेचीनगरस्थित नन्दा नदी, कनकाईको विरिङ खोला, कनकाई माई, दमकको रतुवा खोलालगायत दर्जनभन्दा बढी नदीमा पूजास्थल निर्माण गरिएको छ ।

वि.सं.२०७५ कात्तिक २७ मंगलवार १०:१३ मा प्रकाशित

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेखमा एघार वर्षीय बालकको हत्या

दैलेख । दैलेखमा एक ११ वर्षीय बालकको हत्या भएको छ...

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

हेमोफिलियाका बिरामीलाई निःशुल्क औषधि

काठमाडौँ । रगत नजम्ने वंशाणुगत समस्या हेमोफिलिया रोगका बिरामीलाई निःशुल्क...

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

जातीय विभेदका घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सांसद मदनकुमारी गरिमा (शाह)ले जातीय भेदभाव तथा...

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

छुवाछूतका समस्या सम्बोधन गर्न विशेष प्रहरी ‘डेस्क’ गठन गरिने

काठमाडौँ । गृहमन्त्री रमेस लेखकले जातीय विभेद र छुवाछूतका समस्या...

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

विपिन जोशीलाई रिहाइर्मा सहयोग गर्न कतारका विदेश राज्यमन्त्रीसँग परराष्ट्रमन्त्री देउवाको आग्रह

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली...

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

मुलुकमा लगानीको वातावरण निर्माण गरी रोजगारी सिर्जना हुँदैछ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा लगानीको वातावरण निर्माण...