
२८ भदौ, काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ईपानले सरकारले हालसालै जारी गरेको ‘विद्युत आयोजनाको अनुमतिपत्र सम्बन्धी निर्देशिकाको विरोध गरेका छन ।
निर्देशिकामा जलविद्युत आयोजनाको डिजाईन गर्दा “हाइडा«ेलोजिकल टाइम सिरिज डाटाको प्रोब्याबिलिटी अफ एक्सिडेन्स क्यू फोर्टी फाइभ” अर्थात कुनै नदीमा प्रवाह भएको पानीको मापन गर्दा प्राप्त भएको तथ्यांकका आधारमा टाइम सिरिज विश्लेषण अवधिको पैंतालीस प्रतिशत समयमा न्यूनतम रुपमा निरन्तर उपलव्ध हुने पानीको परिमाण अनुसार आयोजना निर्माण गर्दा आयोजना पुर्ण क्षमतामा सञ्चालन गर्न नसकिने भन्दै प्रबद्र्धकहरुले विरोध गरेका हुन् ।
निर्देशिकामा उल्लेख गरिएको सो प्रावधानले नेपाल बिजुलीमा आत्मनिर्भर हुुनुको सट्टा सधै परनिर्भर हुने भन्दै ईपानले विरोध गरेको हो ।
निर्देशिकामा जलविद्युत आयोजनाको डिजाइन गर्दा क्यु ४५ मा डिजाईन गर्नुपर्ने उल्लेख गरिएको छ । यस अघि क्यु ४० को मापदण्ड अनुसार आयोजनाको डिजाईन हुदै आएको थियो ।
ईपानका अध्यक्ष शैलेन्द्र गुँरागाईले क्यु ४५ मा डिजाईन गर्दा कुनै पनि १०० मेगावटको आयोजनाबाट ५० मेगावट भन्दा बढी विद्युत उत्पादन गर्न नसकिने बताए । अध्यक्ष गुरागाईले भने, ‘१० वर्षमा १५ मेगावट विद्युत उत्पादन गरेर विदेश बेच्ने योजना बनाएको सरकारले निर्देशिकामा भने चाहिने भन्दा नचाहिने ईस्युलाई फोकस गरेको छ, क्यु ४५ मा आयोजना निर्माण गर्ने प्रावधानले नेपाललाई विद्युतमा आत्मनिर्भर भन्दा पनि परनिर्भरता तर्फ धकेल्ने निश्चित छ ।’ अध्यक्ष गुरागाईले निर्देशिकामा बनको समस्या, लगानी अभाव झेलिरहेका आयोजनालाई लगानी जुटाउने प्रक्रिया, हेजिङ लगायतका विषयमा ध्यान नदिएको आरोप समेत लगाए ।
भारत, श्रीलंका, भुटान लगायतका मुलुकमा क्यु २० को आसपासमा आयोजना निर्माण हुने गरेको बताउदै अध्यक्ष गुराँगाईले नेपाललाई किन क्यु ४५ चाहिएको हो भन्दै प्रतिप्रश्न समेत गरेका छन् । क्यु ४५ अनुसार आयोजनाको डिजाईन गर्दा गर्दा प्राकृतिक श्रोतको
अधिकतमउपयोग नहुनुका साथै राष्ट्रले प्राप्त गर्ने रोयल्टीमा सामेत असर पर्ने भन्दै निर्देशिका सच्याउन ईपानले माग समेत गरेको छ । जलविद्युत आयोजनाको जडित क्षमता निर्धारण गर्दा जलश्रोतको अधिकतम उपयोग, विद्युत बजारको विस्तार र लगानीको अधिकतम प्रतिफललाई समेत आधार मानी गरिनु पर्ने र हाइड्रोलोजिकल टाइम सिरिज डाटा निर्धारण प्रक्रि खुला गर्न समेत ईपानले माग गरेको छ ।
वि.सं.२०७५ कात्तिक २८ बुधवार ०९:१५ मा प्रकाशित