back
CTIZAN AD

पाकिस्तानका सवा दुई करोड बालबालिका विद्यालय बाहिर

वि.सं.२०७५ कात्तिक २९ बिहीवार

612 

shares

पाकिस्तानका सवा दुई करोड बालबालिका विद्यालय बाहिर

२९ कात्तिक, इस्लामाबाद ।  पाकिस्तानका दुई करोड २० लाखभन्दा बढी बालबालिका विद्यालय बाहिर रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।

ह्युमन राइटस् वाच (एचआरडब्लू)ले सार्वजनिक गरेको तथ्याङ्कका अनुसार विद्यालय बाहिर रहेका बालबालिकामध्ये बालिकाहरूको सङ्ख्या धेरै रहेको छ ।

विद्यालय बाहिर रहेका बालिकामध्ये पाँच बर्षदेखि ११ वर्षका बालिकाको सङ्ख्या ३२ प्रतिशत रहेको तथ्याङ्कमा उल्लेख छ । सोही उमेर समूहका बालकको सङ्ख्या भने २१ प्रतिशत रहेको छ ।

विभिन्न विद्यालयमा गरिएको अध्ययनका आधारमा प्रतिवेदन तयार पारिएको समाचार बुधबार स्थानीय सञ्चार माध्यमहरूले लेखेका छन् ।

विद्यालयको शुल्क, अन्य खर्च, विद्यार्थीलाई दिइने दण्ड, असुरक्षा, शैक्षिक संस्थाको अवस्था, पढाईमा जबरजस्तीलगायतका कारणले उनीहरू विद्यालय बाहिर रहेको अध्ययनले देखाएको छ ।

वि.सं.२०७५ कात्तिक २९ बिहीवार १०:५६ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...