२९ कात्तिक, काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खाद्य अनुज्ञापत्र नलिई कारोबार गरेको भन्दै शोभाभगवतीस्थित स्टार एसियन मिट प्रोडक्ट प्रालिलाई रु ५० हजार जरिवाना गरेको छ ।
विभागको टोलीले आज गरेको अनुगमनका क्रममा सो मिट प्रोडक्टले प्यान/भ्याटमा दर्ना नगरेको र मूल्यसूची नराखेको पाइएको थियो । उक्त मिट प्रोडक्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (ग) अनुसार तत्कालै रु ५० हजार जरिवाना गरी कारोबार रोक्का गरिएको विभागका महानिर्देशक योगेन्द्र गौचनले जानकारी दिए ।
वि.सं.२०७५ कात्तिक २९ बिहीवार २२:०३ मा प्रकाशित