back
CTIZAN AD

तान्त्रिकको भेषमा विदेशी जोडी, जरिवाना गराएर देश निकाला गरिदैं

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार

609 

shares

३० कात्तिक, काठमाडौं । पर्यटक भिसामा नेपाल आएर धर्म प्रचार गर्दै हिड्ने तीन विदेशीलाई गृहमन्त्रालयले कारबाही सुरु गरेको छ । जापानी यासुको ओबा र मारी इकुरा तथा अष्ट्रेलियन महिला कटिया ग्राहमलाई जरिवाना गराएर निष्कासन गर्न लागिएको अध्यागमन विभागका महानिर्देशक ईश्वरराज पौडेलले बताए ।
ईसाई धर्म प्रचार गर्दैगर्दा पक्राउ परेको उनीहरु अहिले अध्यागमन विभागको हिरासतमा छन् । यासुको मारी १८ कात्तिकमा बुटवलबाट पक्राउमा परेका थिए भने अष्ट्रेलियन नागरिक ग्राहक गत सोमबार बर्दियाको गुलरियाबाट पक्राउ परेका थिए ।
पर्यटक भिसामा नेपाल आएर अन्य काम गरे कारबाही हुने प्रावधान अध्यागमन ऐनमा छ । धर्म परिवर्तन गर्ने कार्यलाई त नेपालको कानुनले नै अबैद्य ठहर गरेकाले उनीहरुलाई कारबाही गर्न लागिएको विभागले जनाएको छ ।
नेपालमा बसेर विदेशीहरु धर्मपरिवर्तनमा सक्रिय हुन थालेको भन्दै गृहमन्त्री राम बहादुर थापा (बादल) ले असन्तुष्टि व्यक्त गरेका छन् । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०८:०२ मा प्रकाशित

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

आजको मौसम पूर्वानुमान : पहाडी क्षेत्रमा बादल र तराईमा तातो लहर

काठमाडौँ। हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको...

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

१० महिनामा सात खर्ब ९४ अर्बको सामान आयात

वीरगन्ज (पर्सा) । वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको...

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँ गोङ्गबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड...

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा लडेर युवाको मृत्यु

गोरखा । यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको...

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

बाँकेसहित तराईमा अत्यधिक गर्मी, जनजीवन प्रभावित

नेपालगञ्ज । बाँकेसहित तराईका जिल्लामा अत्यधिक गर्मी बढेसँगै जनजीवन प्रभावित...

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

अत्यधिक गर्मीको सम्भावना देखिएकोले सावधानी अपनाउन अनुरोध

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले तातो दिन तथा...