१ मंसिर। मिडियालाई ‘जनताको सत्रु भनेर उत्तेजित गर्दै सीएनएनका प्रमुख सम्बाददाता जीम अकोस्टाको प्रेसपास खोस्ने आदेश दिने राष्ट्रपति बिरुद्ध फेडरल जज तिमोथी जे. केलीले अकोस्टाको पास तुरुन्त फिर्ता गर्न ट्रम्प प्रशासनको नाममा भर्खर आदेश जारी गरेका छन् । ।
अमेरिकी लोकतन्त्रमा कुनै खाले तानाशाही अनि अतिबाद लामो समयसम्म नटिक्ने कुरा न्यायपालिकाले पछिल्लो समयमा गरेका निर्णयहरुले प्रमाणित गरि दिएको छ ।
मध्यावधि निर्वाचनमा आफ्ना कारण रिपब्लिकन पार्टीले सर्मनाक हार खप्नु परेपछि राष्ट्रपति निक्कै बिचलित भएका छ्न । मध्यावधि निर्वाचनमा तल्लो सदन गुमाएर तिल्मिलाएका ट्रम्पले एक पछि अर्को गर्दै बिबादस्पद निर्णय गर्न आफ्नो प्रशासनलाई दवाब दिन थालेका छन ।
समाचार स्रोत : शैलेश श्रेष्ठ, अमेरिका
वि.सं.२०७५ मंसिर १ शनिवार ०९:३५ मा प्रकाशित