२ मंसीर,काठमाडौं । सर्वसाधारणलाई जारी गरिने राहदानीको रंग परिवर्तन हुने भएको छ । ई–पासपोर्टमा जाने क्रममा पासपोर्टको कलर पनि फेरिन लागिएको हो ।
सरकारले दुई वर्षभित्रै ई–पासपोर्टमा गइसक्ने नीति लिएको छ । सुरक्षित बनाउन राहदानीमा चिप्स राख्न र रंग परिवर्तन गर्न लागिएको परराष्ट्रमन्त्रालय उच्च श्रोतले बताएको समाचार अन्नपूर्णपोस्ट दैनिकमा छ ।
यस सम्बन्धमा छलफल भइरहेको तथा ७० लाख थान राहदानी मध्ये १३ लाख बाँकी छन् । ती पनि सकिन लाग्दा इ–पोसपोर्ट जारी गर्ने प्रक्रिया अघि बढेको बताइएको छ ।
वि.सं.२०७५ मंसिर २ आइतवार ०८:०८ मा प्रकाशित