back

नेपाली भूमिमा बाटो खन्दै भारत, सिडीओ भन्छन्–अनुमति लिएको छैन

वि.सं.२०७५ मंसिर २ आइतवार

216 

shares
NTC AD

२ मंसीर, दार्चुला । भारतले अनुमतिच नदिई नेपाली क्षेत्रमा धमाधम बाटो बनाउन थालेको छ । दार्चुलाको व्यास गाउँपालिका २ को ताम्बुकदेखि थिङभिरको फेदसम्म एकलौटी बाटो बनाउन थालेको आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
भारतीय सडक निर्माण भइरहेको छ । त्यहाँको घटीयाबगर–लखनपुर–लिपुलेक सडक निर्माणका लागि खटिएका भारतीय सेना र उत्तरतिरको बस्तीका लागि खाद्यान्न लगायत सामान ढुवानी गर्न नेपालतर्फ बाटो निर्माण भइरहेको निर्माण कम्पनीका प्रतिनिधि साजन विष्टले बताए । ‘भारतीय क्षेत्रमै आवत जावत गर्न अप्ठेरो छ, नेपालबाट सजिलो भएकाले बनाइरहेका छौं,’ विष्टले भने । भारतीय लोक निर्माण विभाग पिथौरागढअन्तर्गत सडक निर्माण भइरहेको छ । त्यहि विभागको निर्देशनअनुसार नेपाली क्षेत्रमा बाटो बनिरहेको विष्टको भनाई छ । उनका अनुसार तम्बाक देखि थिङभिरको फेदसम्म साढे दुईकिलो मीटर बाटो निर्माण भइरहेको छ ।
यसैबीच बाटो निर्माणका लागि भारतीय पक्षले अनुमति नलिएको दार्चुलाका जिल्ला अधिकारी खुमकान्त आचार्यले बताएका छन् ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०८:३३ मा प्रकाशित

ADBL AD
बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

बाँदर आतङ्कबाट जोगाउन काष्ठफल खेती

गल्याङ (स्याङ्जा), २२ भदै ः बाँदर आतङ्कले सताउनथालेपछि स्याङ्जाका कृषक...

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

प्रधानमन्त्रीद्वारा ४० जना निजामती कर्मचारीलाई पुरस्कार प्रदान

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निजामती सेवा पुरस्कारबाट ४०...

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

यी हुन् उत्कृष्ट निजामति सेवा पुरस्कार पाउने १० कर्मचारी

काठमाडौँ । सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा...

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

मधेसमा पहिलोपटक सरकारीस्तरमा एमबिबिएसको अध्यापन हुने

धनुषा । चिकित्सा शिक्षा आयोगले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि...

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

खोलामा डुबेको अवस्थामा भारतीय नागरिकको शव फेला

बरहथवा (सर्लाही) । यहाँको ब्रह्मपुरी गाउँपालिकास्थित झिमखोलामा डुबेको अवस्थामा एक...