back

आइएसविरोधी गठबन्धनले गरेको कारबाहीमा ४३ सिरियालीको मृत्यु

वि.सं.२०७५ मंसिर २ आइतवार

219 

shares
NTC AD

२ मङ्सिर, बेरूत, लेबनान ।  अमेरिकी नेतृत्वको गठबन्धनले पूर्वी सिरियामन चलाएको हवाई आक्रमणमा ४३ सिरियालीको मृत्यु भएको बेलायतस्थित सिरियाली मानब अधिकारवादी संगठनले शनिबार जनाएको छ । मारिनेमा अधिकांश सर्बसाधारण रहेको उक्त समूहले जनाएको छ ।

“इस्लामिक स्टेट (आइएस) को प्रभाव क्षेत्र मानिने देइर अजोरको अबु हुसन ग्रामिण इलाकामा भएको कारबाहीमा परेका ३६ परिवारमा सदस्य रहेका छन् भने मारिनेमध्यृ १७ जना कालकालिका रहेका छन्,” सिरियन अब्जर्भेटरी फर ह्यूमन राइट्सले जनाएको छ । मारिने अन्य सात जनाको परिचय खुल्न सकेको छैन ।

हवाइ कारबाही इराकी सीमा नजिकको सिरियाली भूमिमा भएको थियो ।

अमेरिकी नेतृत्वको सिरियाली कूर्दिस–अरब गठबन्धन सेनाले जिहादी समूहसँग उक्त क्षेत्रमा लड्दै आएको सिरियाली डिमोक्रेटिक फोर्सलाई सघाउँदै आएको छ । सेप्टेम्बरमा अबु हुसनमा भएको कारबाहीमा भएको यो सबैभन्दा ठूलो हताहतीको घटना हो । सिरियामा सन् २०११ मा शुरू भएको द्वन्द्वका कारण तीन लाख ६० हजार सिरियालीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घको तथ्याङ्क छ ।

वि.सं.२०७५ मंसिर २ आइतवार ०९:१५ मा प्रकाशित

ADBL AD
अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

अमेरिकी चुनावमा ‘ह्यारिसलाई समर्थन गर्ने’ रूसी राष्ट्रपति पुटिनको भनाइ

मस्को ।  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी अमेरिकी राष्ट्रपतीय निर्वाचनमा...

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

फ्रान्सको प्रधानमन्त्रीमा ७३ वर्षीय बार्नियर मनोनित

पेरिस । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल...

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

प्रेमीले आगो लगाएपछि युगान्डाकी एथलिट चेप्टेगीको मृत्यु

नैरोबी । प्रेमीले आगो लगाएको चार दिनपछि युगान्डाकी ओलम्पियन रेबेका...

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

हत्या गरिएकी चिकित्सकका लागि मैनबत्ती जुलुसमा भारतीयहरूद्वारा न्यायको माग

कोलकाता । चिकित्सकको बलात्कार र हत्या भएको करिब एक महिनापछि...

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

बेलायतका प्रधानमन्त्रीद्वारा इजरायलमा हतियार निर्यात निलम्बन ‘कानुनी निर्णय’ भएको दावी

लण्डन । बेलायतका प्रधानमन्त्री कीर स्टारमरले मानवीय कानूनको उल्लङ्घनमा प्रयोग...

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

जहाज डुबेर भूमध्यसागरमा २० जना आप्रवासी बेपत्ता : राष्ट्रसङघ

रोम । इटालीको लाम्पेडुसा टापुमा जहाज डुब्दा भूमध्यसागरमा २० जना...