२ मंसिर, हेटौँडा । हेटौँडा उपमहानगरपालिका –९ पशुपतिनगरमा ट्रकले ठक्कर दिदाँ दुइ जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ७०१७ नम्बरको मालवाह ट्रक पल्टिएर मोटरसाइकल र अटोलाई ठक्कर दिदाँ दुर्घटना भएको हो ।
ट्रकको ठक्कर बाट १ ह ८९५९ नंबरको अटो र ना ४० प ६२१ नम्बरको मोटरसाईकलमा सवार २ जनाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहका अनुसार मोटरसाइकल चालक हेटौंडा–४ का २० वर्र्षीय सुदीप घिमिरे र अटोमा सवार हेटौंडा–४ की ३५ वर्र्षीया गंगा चेम्जोङको दुर्घटनामा मृत्यु भएको हो ।
वि.सं.२०७५ मंसिर २ आइतवार १४:४९ मा प्रकाशित