३ मंसीर, काठमाडौं । नेपाल एयरलाईन्सको पहिलो वाईड वडी विमान आएको ५ महिना भयो । दोश्रो ४ महिना । पर्यटनमन्त्री स्वयं अझै दोधारमा छन्–यो किनिएको हो कि भाडामा !
प्रमाण मागेर तुरुन्त हेर्न सक्ने मन्त्री रविन्द्र अधिकारी बरु ब्रम्हले अनुमान गर्छन्, ‘भाडामा त नहुनु पर्ने हो ।’ उनले किनेको ठोस प्रमाण आफूसँग नभएको प्रष्ट पारेको आजको अन्नपूर्णपोस्ट दैनिकमा समाचार छ ।
मन्त्री अधिकारीले भने, ‘म यसमा गम्भीरतापूर्वक छानविन गराउँछु, साढे २ महिनाभित्र निचोड दिनेछु ।’
वाईडबडी किनेको प्रमाण सरकारसँग छ कि छैन ? भन्ने प्रश्नमा उनले भने, ‘किनिएको भन्ने नभई सञ्चय कोषले कसरी ऋण दियो होला ? नागरिक लगानी कोषले कसरी ऋण दियो होला ? अर्थ मन्त्रालयले कसरी स्वीकृति दियो होला ? प्रश्न उठिसकेपछि त्यसमाथि पनि हेर्नुपर्छ । तर आज मसँग त्यो त छैन । मैले त्यहि भएका डकुमेन्टहरु हेर्ने हो । डकुमेन्ट हेर्न त विज्ञ चाहिन्छ ।’
वि.सं.२०७५ मंसिर ३ सोमवार ०७:३२ मा प्रकाशित