३ मंसीर, काठमाडौं । सुन्धारामा रहेको ९ तले धरहरा काठमाडौंको चिनारी थियो । आसपासका पहाड तथा जिल्लाबाट धरहराको टुप्पो हेरेर काठमाडमौं ठम्याइन्थ्यो ।
२०७२ बैशाख १२ को भूकम्पले धरहरा ढल्यो । त्यसयता काठमाडौं फुंग छ, पखेटा नभएको पक्षजस्तो ।
धरहरा परिसरमा गएर हेर्दा ठूटो देखिन्थ्यो धरहराको । भूकम्पको याद गराउथ्यो, साथै सरकारको पुनिर्निमाण सुस्तालाई पनि इंगित गथ्र्यो । महिना दिन अगाडिको अवस्था हो यो । अहिले चाँहि धरहराको रुप फेरिने क्रममा छ । धमाधम धरहरा निर्माणको काम चलिरहेको छ । भूकम्पले भत्काएर बाँकी रहेको ठूटोसँग धमाधम डोजर लगाएर काम गरिरहेको देखिन्छ ।
घरहरु निर्माणको जिम्म तीन अर्ब ४५ करोडमा जिआइटिसी कालिका रमन जेभीले ठेक्का लिएको छ ।ठेकेदार कम्पनीका अनुसार अहिले धमाधम ठाउँ पन्छाउने देखि जग खन्नेसम्मको काम भइरहेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर ३ सोमवार ०८:०२ मा प्रकाशित