३ मंसिर काठमाडौ । लैनचौरस्थित समाज कल्याण परिषदको भवनमा लेखिएको यो नारा केही दिनमा मेटिनेछ । यो ३० वर्ष पुरानो भवनलाई उपराष्टपतिको निवास र कार्यालय बनाईदैछ । बहादुर भवनबाट उनलाई त्यहाँ सार्ने तयारी सरकारको छ ।
परिषद्का कर्मचारीले उठिबास लगाउन खोजिएको भन्दै विरोध जनाइरहेका छन् । ‘कर्मचारीलाई कहाँ लाने ? ४८ हजार दस्तावेज कहाँ लगेर राख्ने ? सडकमा फाल्नुभएन’,परिषद उपाध्यक्ष नीलमणि बरालले भने । हजारौ जनताको चन्दाबाट बनाइएको भवन अर्कै प्रयोजनमा प्रयोग गर्न दिन नहुने परिषदको धाराणा छ । सहरी विकास मन्त्रालयले भवनमा रंगरोगन भइरहेको जनाइएको छ । मन्त्रालयका एक अधिकारीले भने , ‘परिषद्का कर्मचारी सर्न नमाने प्रहरी लगाएर हटाइने छ’ ।
मन्त्रिपरिषद्ले २९ रोपनी क्षेत्रफल ओगटेको परिषद् कार्यालयमा उपराष्ट्रपति कार्यालय सार्ने निर्णय गरेको थियो । मन्त्रालयले तीन दिनभित्र भृकुटीमण्डपमा कार्यालय व्यवस्थापन गर्न निर्देशन दिए पनि त्यहाँ जान कर्मचारी मानेका छैनन् । ‘त्यो जग्गा पनि परिषदको होइन,सरकारको हो भोगाधिकारमात्र परिषद् हो, भोली त्यहाँबाट पनि हटाए कहाँ जाने’ ? बरालले भने , ‘लालपुर्जा परिषदको नाममा गरेमात्र जान्छौ’ ।मन्त्रालय परिषदलाई सर्न तीनदिने निर्देशन दिएको साता बितेको छ । आजको कान्तिपुर दैनिक बाट ।
वि.सं.२०७५ मंसिर ३ सोमवार ०८:१९ मा प्रकाशित