३ मंसिर काठमाडौ । नहर निर्माण कार्य समयमा गर्न नसकेका कारण ठेक्का तोडेको सिक्टा सिँचाइ आयोजना कार्यालयले कोस्टाल पप्पु कन्स्ट्रक्सन कम्पनीलाई कालोसुचीमा राख्ने निर्णय गरेको छ । कालो सुचीमा राख्ने निर्णय गरेको आयोजना कार्यालयले उक्त निर्णय सदरका लागि सार्वाजनिक खरीद अनुगमन कार्यालय ( पिपिएमओ ) मा सिफारीस गरेको छ ।
आयोजनामा कार्यालयले सम्झौताअनुसार काम हुन नसकेको भन्दै कात्तिक २१ गते पप्पुसँगको ठेक्का तोडेको थियो । पिपिएमओ कार्यालयले आयोजनाको मागबमोजिम कालोसुचीमा राख्ने निर्णय सदर गरेमा पप्पुले देशभरी कुनै पनि ठेक्कामा काम गर्न पाउनेछैन । सम्झौता गरी हाल काम गरिरहेका आयोजनामा भने कालोसुचीको निर्णले कुनै असर गर्ने छैन ।
आयोजनाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश कार्कीले पिपिएमओ कार्यालयले कालोसुचीमा राख्ने निर्णय सदर गर्ने बित्तिकै पप्पुसँग धरौटी र मोबिलाइजेसनबापतको रकम असुल गरिने बताए ।नागरीक दैनिक बाट ।
वि.सं.२०७५ मंसिर ३ सोमवार ०८:४३ मा प्रकाशित