back

आफर लिएर नुवाकोटको कुमरी पुग्यो उन्मुक्त पुस्ता

वि.सं.२०७३ कात्तिक ७ आइतवार

963 

shares

14794030_10157743380085595_1884728511_n

नुवाकोट । पहिचानवादी कवितालाई बस्ति बस्तिमा पु¥याउने उदेश्यका साथ अगाडी बढिरहेको उन्मुक्त पुस्ताले शनिबार त्यस्ता केही कविता नुवाकोटको कुमरीमा पनि पु¥यायो । कोल्पु साहित्य समाजसँग सहकार्य गरेर कार्यक्रमको आयोजना गरेको उन्मुक्त पुस्ताले सयौं मान्छेको माझ कविता सुनाउँदै पहिचानवादी कविताको बारेमा प्रष्ट पा¥यो ।

14798953_10157743375055595_1960631680_n
कविता सुन्न ३ वर्षीया बालबालिका देखि ८० वर्ष सम्मका वृद्धवृद्धाहरुको उपस्थिती थियो । जिल्ला सदरमुकामबाट निकै टाढा रहेको उक्त बस्तिमा जिल्ला स्तरका कविहरुको उल्लेख्य उपस्थिती नभए पनि स्थानीय नवप्रतिभाहरुको उत्साहपूर्वक उपस्थिती थियो ।

14671082_10157738695320595_2381995582182914003_n
उन्मुक्त पुस्ता, समकालीन कविता र आफर नाम दिइएको उक्त कार्यक्रममा प्रमुख अथितीको रुपमा रहेका गीतकार भुपाल राईले पहिचानवादी साहित्यले नै अन्यायको विरुद्ध लड्ने बताए । पहिचानवादी कवितालाई बस्ति बस्तिमा पु¥याउने आफ्नो वर्षौंदेखिको सपना उन्मुक्त पुस्ताले पूरा गरिदिएको उल्लेख गरे ।

कार्यक्रममा कोल्पु साहित्य समाजका सल्लाहकार शम्भु पनेरुले समाजमा राजनीति सँगसँगै साहित्यको उत्तिकै महत्व रहेको भन्दै राजनीतिमा देखिएका गलत प्रवृत्तिलाई साहित्यमार्फत चिरफार गर्नुपर्नेमा जोड दिए । साथै उनले आगामी दिनमा यस्ता कार्यक्रमको निरन्तरताको लागि पनि उन्मक्त पुस्तासँग आग्रह गरे ।

14800790_10157743370885595_639459439_n
आख्यानकार केशव पुडासैनी ‘विमल’ ले अहिलेका कविता बस्ति बस्तिमा पुग्नु पर्ने बताए । उनले भने ‘यदि अहिलेको कविता बस्ति बस्तिमा पु¥याउन सकियो भने राजनीतिलाई पनि सहि बाटोमा डोहो¥याउन सकिन्छ ।’
कार्यक्रममा उन्मुक्त पुस्ताका अभियन्ताहरु माधव घिमिरे ‘अटल’, राजु स्याङ्तान, मुक्तान थेवा, हरिशरण परीयार, केवल बिनावी त्रिशुली बाङ्मय प्रतिस्ठानका अध्यक्ष श्रीहरि फुयाँल लगायतले कविता बाचन गरे ।

14801074_10157743367265595_1692665955_n

 

वि.सं.२०७३ कात्तिक ७ आइतवार ०६:४४ मा प्रकाशित

Himalayan Life AD
राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

राष्ट्रिय सभाले पर्यटन सम्बन्धी विधेयक पारित गर्यो

काठमाडौं  । राष्ट्रिय सभाले सोमबार पर्यटन विधेयक पारित गरेको छ। कानुन,...

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

बाल मृत्युदर घट्यो, प्रविधिमा पहुँच बढ्यो

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले 'नेपाल बहुसूचक सर्वेक्षण  २०८१/८२' को...

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

निर्वाचन २४ दिन बाँकीः आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौँ । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल ४ रनले पराजित

काठमाडौँ । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो उद्घाटन...

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्ध नेपालको पावरप्लेमा मध्यम सुरुआत

काठमाडौँ । आइसिसी पुरुष टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगितामा इङ्ल्यान्डले...

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

प्रचण्डबिनाको गोरखा-२ : लेखनाथ न्यौपानेको अग्निपरीक्षा

गोरखा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा गोरखा निर्वाचन क्षेत्र नम्बर–२...