४ मंसिर काठमाडौ । संघिय संसद सचिवालयको मर्मत गरेर सञ्चालन गर्न सकिने २५ वटा गाडी थन्काएर नयाँ २३ वटा गाडी खरीद गर्न लागेको छ । संसद सचिवालयले अर्थ मन्त्रालयलाई पत्र पठाई दुईवटा एक करोड रुपैयाँ भन्दा बढी मुल्यका र बाँकी २१ वटा स्कारर्पियो जिप खरीदका लागी बजेट मागेको छ ।माग गरीएका सबै गाडी किन्दा राज्य कोषमा १८ करोड रुपैयाँ व्ययभार थपिने छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाङफेका लागि एक करोड रुपैयाँमाथिका दुईवटा गाडी खरीद गर्न लागीएको हो । स्कारर्पियो जिप संसदीय समिति र अन्य पधाधिकारीका लागि खरीद गर्न लागीएके सचिवालयले जनाएको छ ।
२३ वटा गाडी,३० वटा मोटरसाईकल र ४३ थान कम्युटरका लागि अर्थसँग २२ करोड रुपैयाँ बजेट माग गरेको सचिवालयले जनाएको छ । आजको दैनिक नागरीक ।
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०७:५२ मा प्रकाशित