
४ मंसीर, काठमाडौं । आजभोली सामाजिक संजालले युवा युवतीलाई धेरै प्रभाव पारेको छ । त्यसमा पनि युट्युव सर्च गरेर हेर्न मिल्ने कोरियन सिरियलले धेरै नेपाली युवतीमा नराम्रो प्रभाव पारेको मनोविद् डम्मर राज भट्टको अनुभव छ । उनले यस्तै लत लागेका दुई युवतीलाई परामर्श दिएका थिए ।
उनका अनुसार युट्कोरियन सिरियल हेर्दाहेर्दै उनीहरुको लवाई, खवाई, हाउभाउ र व्यवहार सबै कोरियन बनाउने मात्र नभएर ‘कस्मेटिक सर्जरी’ गरेर कोरियन बन्ने रहरले दिनहुँ बाबुआमा सँग झगडा गरेर उत्पात मच्याउन थालेको उनले बताएका छन् । त्यस्तै अर्की युवती सिरियल हेर्दाहेर्दै आफ्नो अनुहार नै कोरियन भएको र आफू नै सिरियलको पात्र भएको भ्रम पाल्न थालिन् ।
मनोबिद् भट्टका अनुसार आफूलाई कोरियन सिरियलको पात्र ठान्ने ती युवतीलाई डिलुजनल डिसअर्डर सम्म पु¥याइको थियो । विभिन्न अध्ययनहरुका अनुसार सामाजिक संजाल प्रयोगकर्ताहरुमा डिप्रेसनको समस्या देखिएको औल्याएका छन् । किशोर किशोरीमा यो समस्या बढ्दै गएको छ । आजको नयाँपत्रिका दैनिकबाट
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०८:१९ मा प्रकाशित