४ मंसीर, काठमाडौं । स्वास्थ्य विभाग इपिडिमियोलोजिका पूर्व महानिर्देशक डा. बाबुराम मरासिनीले एन्टिबायोटिक चुरोट खैनी किनेर खाएजस्तो गरी प्रयोग भएको बताएका छन् । उनका अनुसार उहि एन्टि वायोटिकले विगतमा मार्न सकिने किरालाई अहिले मार्न सकेको छैन । यसले एन्टिबायोटिकको क्षमतामाथि विश्वमै प्रश्न उठाएको छ ।
त्यस्तै स्वास्थ्यमन्त्री उपेन्द्र यादवले पनि नेपालमा एन्टिवायोटिकको चरम दुरुपयोग भएको बताएका छन् । सामान्य समस्यामा पनि चिकित्सक, स्वास्थ्य कर्मी वा फर्मासिस्टले एन्टिवायोटिक दिएर दरुपयोग गरेको उनले बताएका छन् । उनका अनुसार खानेले पनि लहलहैमा लागेर खाएका छन् । यस्तै भए दीर्घकालमा सामान्य समस्यामा पनि एन्टिबायोटिकले ठ्याक्कै कामगर्न छाड्छ र महामारी निम्तन्छ ।
यसैबीच सरकारले दुई कम्पनीले उत्पादन गरेको मापदण्ड नपुगेका ५० लाख एन्टिवायोटिकका क्याप्सुल बजार लैजान रोक लगाएको पनि आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।
वि.सं.२०७५ मंसिर ४ मंगलवार ०८:३२ मा प्रकाशित




























