back

अफगानिस्तानमा २३ को मृत्यु, २० घाइते

वि.सं.२०७५ मंसिर ४ मंगलवार

345 

shares
IME Limited
NTC AD

४ मङ्सिर, फाराह, अफगानिस्तान । अफगानिस्तानको पश्चिमी क्षेत्रमा भएको सुरक्षा कारबाहीमा २३ जनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् ।

फाराह प्रान्तमा गत चौविस घण्टामा भएका विभिन्न घटनामा परी तीन दर्जन भन्दा बढी लडाकूहरू मारिएका र घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता मोहिबुल्लाह मोहिबले सोमबार बताए ।

प्रवक्ता मोहिबका अनुसार सरकारी सुरक्षाकर्मीहरूले खाक ए सफिद जिल्लामा आइतबार बिहान तालिबान लडाकूहरूविरुद्ध जवाफी आक्रमणपछि २३ जनाको शव भेटिएको जानकारी दिए ।

उनले भीडन्तमा परी अरु २० जना लडाकू घाइते भएको र २५ जनालाई नियन्त्रणमा लिइएको पनि जानकारी दिए ।

घटनाका बारेमा तालिबान लडाकूहरूको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया नआएको समाचारमा जनाइएको छ ।

अहिले घटना भएको ठाउँमा तालिवान लडाकूहरूले प्रहरीचौकीमा आक्रमण गर्दा भएको भीडन्तमा परी केही दिन अगाडी ७० जना सुरक्षाकर्मीको ज्यान गएको थियो ।

पछिल्लो समयमा अफगानिस्तानको रक्षा मन्त्रालयले सरकार विरोधी लडाकूहरूविरुद्धको कारबाहीलाई बढाउदै लगेको छ ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार ११:०७ मा प्रकाशित

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

इरानको आक्रमणपछि ८ जनाको मृत्यु, १३० भन्दा बढी घाइते : इजरायली उद्धारकर्ता

जेरुसेलम । इजरायलमाथि रातभरि भएको इरानी आक्रमणको लहरमा बालबालिकासहित कम्तीमा...

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

इरानले आक्रमण गरे अमेरिकी सेनाको ‘पूर्ण शक्ति’ प्रयोग हुन्छ : ट्रम्प

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार इरानलाई यदि इरानले...

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

केदारनाथ मन्दिरबाट उडान भरेको हेलिकप्टर दुर्घटना हुँदा बालकसहित सात जनाको मृत्यु

  देहरादून (भारत) । भारतमा आइतबार हिन्दू तीर्थयात्रीहरूलाई तीर्थस्थलबाट लैजाने...

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

वुटिप टाइफुनका कारण भियतनाममा तीन जनाको मृत्यु

हनोई । वुटिप टाइफुनका कारण मध्य भियतनाममा आएको बाढीमा परी...

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

इरानमा सैन्य दुस्साहस रोक्न इजरायललाई चीनको आग्रह

संयुक्त राष्ट्रसंघ । चिनियाँ राजदूतले इजरायललाई इरानमा आफ्नो सैन्य दुस्साहस...

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

इजरायलले इरानमा आक्रमण गरेपछि गल्फ एयरलाइन्सद्वारा उडानहरू रद्द

दुबई । इरानमा इजरायली आक्रमणपछि केही सरकारले आफ्नो हवाई क्षेत्र...