back

किउँ टिप्न विद्यालय बन्द

वि.सं.२०७५ मंसिर ४ मंगलवार

405 

shares
IME Limited
NTC AD

४ मङ्सिर, धादिङ ।  औषधिको रूपमा प्रयोग गरिने किउँ काफल टिप्न विद्यार्थी हिँडेपछि विकट उत्तरी धादिङको झार्लाङका विद्यालय बन्द भएका छन् । गाउँका युवा र विद्यार्थी चार-पाँच घण्टा टाढा जङ्गलमा किउँ टिप्न ठूलो समूह बनाएर गएपछि गाउँका विद्यालय खाली भएका हुन् ।

विद्यार्थी मात्र होइन, गाउँका हिँड्न र काम गर्न सक्ने जति युवा अहिले सबै किउँ फल टिप्नका लागि जङ्गल गएर उतै रात बसी फल टिप्न थालेको झार्लाङका मङ्ग तामाङले बताए ।

किउँ स्थानीयवासीले विभिन्न औषधिको रूपमा प्रयोग गर्ने गर्छन् । आगोले पोलेको, गानो गोला दुख्दा औषधिको रुपमा प्रयोग गर्ने गर्छन् । यो फल महङ्गोमा बिक्री समेत हुने स्थानीयवासी बताउँछन् ।

दिनभरि टिप्दा मुश्किलले एक÷दुई पाथीसम्म टिप्न सकिने भएकाले गाउँवासी केही दिन जङ्गलमै बसेर फल टिप्ने गर्छन् । देख्दा मसिना कालो, खैरा देखिने, फल खाँदा चिसो र ओखरको स्वादको हुन्छ । १२ वर्षमा फल्ने कालो साना दानाको यो फललाई तामाङहरू सिसी पनि भन्दछन् ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार ११:५७ मा प्रकाशित

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नारायणघाट–बुटवल सडकखण्ड रातिको समयमा १० घण्टा बन्द हुने

नवलपुर (नवलपरासी) । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल सडकखण्ड आजदेखि रातिमा...

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवनमा बस र माइक्रो ठोक्किदा सात जनाको मृत्यु, १८ घाइते

चितवन । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना...

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

विनयी खोलामा डाइभर्सन निर्माण नगरिने, मालवाहक सवारी सञ्चालनमा रोक

मध्यविन्दु (नवलपरासी) । बुटवल–नारायणगढ सडक खण्डअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी...

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

दुम्कीवास–दाउन्ने सडक खण्ड : ‘अझै केही समय यात्रुले दुःख पाउने अवस्था कायम रहने देखिन्छ’

मध्यविन्दु (नवलपरासी) । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी(बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक...

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

सुनकोशी नदीको तटीय बासिन्दालाई सतर्कता अपनाउन जिल्ला प्रशासनको आग्रह

खोटाङ । सुनकोशीमा बाढी आउन सक्ने जोखिमलाई ख्याल गर्दै जिल्ला...

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

बिपी राजमार्गमा भोली रातिदेखि १० घण्टा यातायात सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । बिपी राजमार्गमा भोलि शनिबार राति १२ः३० देखि बिहान...