back

बुद्ध जन्मस्थलमा विश्व शान्ति पूजा शुरु

वि.सं.२०७५ मंसिर ४ मंगलवार

321 

shares
IME Limited
NTC AD

४ मङ्सिर,रुपन्देही । बुद्ध जन्मस्थल लुम्बिनीमा आजदेखि भद्रचार्य उत्सव शुरु भएको छ । उत्सवमा विभिन्न देशका भिक्षु तथा लामा सहभागी भएका छन् ।

विश्व शान्ति र सम्पूर्ण सत्व प्राणीको हितको कामना गर्ने उद्देश्यले भद्रचार्य मोन्लम फाउण्डेशनले पहिलो पटक लुम्बिनीमा आयोजना गरेको सो उत्सव तथा विश्व शान्ति पूजामा नेपाल, भारतलगायतका देशका भिक्षु, भिक्षुणी तथा लामा सहभागी भएका हुन् ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति रहेको छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुने, सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुने फाउण्डेशनका सदस्य निमा लामाले जानकारी दिए । हिमाली बौद्ध समुदायको शाक्यपा सम्प्रदायले गर्ने मोन्लाम विश्व शान्ति पूजालाई सबैभन्दा ठूलो पूजा मानिन्छ । तर मोन्लम पूजा गत वर्ष लुम्बिनीमा आयोजना हुन नसकेपछि त्यस्तै प्रकारको विश्व शान्ति पूजा यसपाली फाउण्डेशनले लुम्बिनीमा आयोजना गरेको सदस्य लामाले जानकारी दिए ।

पूजामा शाक्यपा सम्प्रदायका ठूला गुरु धुङ्से अभिकृत वज्र रिम्पोछेको उपस्थिति छ । पाँच दिनसम्म चल्ने पूजामा विशेषगरी सम्बन्धभद्र र मञ्जुश्रीको प्रार्थना हुनेछ । सत्व प्राणीको दुःख हटाउन र चित्त शान्ति गर्न मन्त्रोच्चारण हुनेछ । मायादेवी मन्दिरको पछाडि शाक्य गुम्बाको परिसरमा आयोजना गरिएको उत्सवमा आज गुरु पूजाको कार्यक्रम छ । भोलि ५ गते भैषज्य बुद्ध पूजा, प्रार्थना र ध्यान, ६ गते वैश्यवर्ण धर्म देशना पूजा, प्रार्थना र ध्यान, ७ गते कुरकुल्ला गणचक्र, लक्ष्मी पूजा, प्रार्थना र ध्यान गर्ने कार्यक्रम छ । अन्तिम दिन महाकाल पूजा, दीर्घायुको कामना गर्दै अभिषेक प्रदान गर्दै उत्सव समापनको कार्यक्रम छ ।

हिमाली बौद्ध समुदायका चार सम्प्रदायमध्ये तीन गेलुक्पा, ङिङ्गपा, काग्युप्पाले भारतमा शान्ति पूजा गर्दै आएका छन् । शाक्यपाले मात्रै लुम्बिनीमा मोन्लम पूजा गर्दै आएका हुन् । बुद्धको जन्मस्थल सबैभन्दा महत्वपूर्ण हुने भएकाले लुम्बिनीमा रिम्पोछे गुरुहरूले पूजाको आयोजना गर्दै आएका छन् ।

वि.सं.२०७५ मंसिर ४ मंगलवार १२:२३ मा प्रकाशित

एक करोड बढीका अवैध सामान बरामद

एक करोड बढीका अवैध सामान बरामद

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर...

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छः अर्थमन्त्री

काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्रका चुनौतीलाई सामना...

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

हेवाखोलामा बेलीबृज जडान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद योगेशकुमार भट्टराईले पाँचथरको...

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

निष्पक्षताका लागि लोक सेवा आयोगप्रति जनविश्वास प्रबल छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निष्पक्षता कायम गर्ने कुरामा...

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

पर्यटक भित्र्याउन धार्मिक पर्यटन प्रवर्द्धन अपरिहार्य : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकका...

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

संसद्को गतिरोध हटाउने प्रयासमा सभामुख

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद्मा जारी अवरोध हटाउन राष्ट्रिय...