४ मङ्सिर, तुलसीपुर । घोराही उपमहानगरपालिकाले फोहरबाट ग्यास उत्पादन गर्न निजी कम्पनीलाई जिम्मा दिएको छ ।
एक वर्षपछि ग्यास उत्पादन गर्ने गरी उक्त उपमहानगरपालिकाले नेपाल ऊर्जा विकास कम्पनी प्रालिलाई २० वर्षसम्मका लागि जिम्मा दिएको हो । दुई वर्षलामो गृहकार्यपछि उपमहानगरपालिका, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र उक्त कम्पनीबीच सोमबार त्रिपक्षीय सम्झौता भएको हो ।
उपमहानगरका प्रमुख नरुलाल चौधरी, कम्पनीका निर्देशक श्रीराम अधिकारी र केन्द्रका कार्यक्रम व्यवस्थापक प्रकाश आर्यालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
रु २० करोडको लागतमा स्थापना हुने उक्त ग्यास उद्योगका लागि ६० प्रतिशत निजी कम्पनी र ४० प्रतिशत विश्व बैंकले व्यहोर्ने भएको छ । घोराही उपमहानगरपालिका–१६ करौटी डाँडामा रहेको ल्याण्डफिल साइटमै उक्त ग्यास उद्योग स्थापना गरिने भएको छ ।
अब लगत्तै निर्माण प्रक्रिया थालिने र १४ महीनामापछि ग्यास उत्पादन गरिने उक्त कम्पनीले जनाएको छ । घोराही उपमहानगरपालिका क्षेत्रबाट सङ्कलित कुहिने फोहरबाट दैनिक एक हजार ३०० किलो ग्यास र छ टन जैविक मल उत्पादन गरिने भएको छ । उत्पादन थालेको पाँच वर्षसम्म उपमहानगरपालिकाले फोहर सङ्कलन तथा ढुवानीमा सहयोग गर्नुपर्ने र २० वर्षपछि उपमहानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।
उत्पादनपश्चात कूल उत्पादनको एक प्रतिशत रकम उपमहानगरलाई बुझाउनु पर्ने र थप रकमका लागि पाँच वर्षपछि छलफलका आधारमा निर्धारण गरिने भएको छ । तत्कालीन घोराही नगरपालिकाले करीब तीन वर्ष पहिलेदेखि निजी कम्पनीसँगको समन्वयमा उक्त प्रक्रिया अघि बढाएको थियो ।
यस्तै तीनथाना, नैकाप, सतुङ्गललगायतका क्षेत्रमा आज बिहान ११ बजे देखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । तोकिएको समयभन्दा अगाडि कार्य सम्पन्न भएको अवस्थामा ५ बजेभन्दा अगावै लाइन सञ्चालनमा आउन सक्ने प्राधिकरणले जनाएको छ ।
वि.सं.२०७५ मंसिर ४ मंगलवार १३:३२ मा प्रकाशित